ह्वावेद्वारा हाइसिलिकन फ्लेक्सिबल ओएलईडी ड्राइभर चिपको परीक्षण उत्पादन शुरु

  • Technology Khabar | ४ श्रावण २०७८, सोमबार
ह्वावेद्वारा हाइसिलिकन फ्लेक्सिबल ओएलईडी ड्राइभर चिपको परीक्षण उत्पादन शुरु

काठमाडौं ।

चिनिया टेक जायन्ट ह्वावेले हाइसिलिकन फ्लेक्सिबल ओएलईडी चिप उत्पादन गर्ने भएको छ।

अमेरिकाले थुप्रै प्रतिबन्ध लगाएपछि ह्वावेको हाइसिलिकनलाई स्मार्टफोनका लागि प्रोसेसर निर्माण गर्न लगभग असम्भव जस्तै भैसकैको थियो।

तर अब भने कम्पनीले आफ्नो पहिलो फ्लेक्सिबल ओएलईडी ड्राइभर चिप उत्पादन शुरु गर्ने बुझिएको हो।

चीनबाट आएको हालैको रिपोर्ट साँचो भएको खन्डमा ह्‍वावेले हाइसिलिकनको फ्लेक्सिबल ओएलईडी ड्राइभर चिपको हाल परीक्षण उत्पादन शुरु भइसकेको छ।

ओएलईडी प्यानलका लागि ड्राइभर चिपले डिस्प्लेमा रहेका प्रत्येक पिक्सेलका प्रकाश वा चम्किने मात्रा नियन्त्रण गर्दछ।

उक्त रिपोर्टमा चिपको बृहत् उत्पादन आगामी वर्षको पूर्वार्द्धमा शुरु हुने बुझिएको छ।

ड्राइभर चिपहरु यसै वर्षको अन्त्यसम्ममा आपूर्तिकर्ताहरुलाई उपलब्ध गराउने कम्पनीको योजना रहेको छ।

यसबाहेक यो चिपको विकास ह्वावेको आफ्नै चिप निर्माण यूनिटले गरेकाले ह्वावेले आफ्नै आगामी उत्पादनहरुमा प्रयोग गर्ने अपेक्षा गरिएको छ। यसका नमूनाहरु बीओई तथा अनरका कार्यालयमा परीक्षणका लागि पठाइसकिएको छ।

केही समययता ह्वावे थुप्रै कच्चा पदार्थहरुमा आत्मनिर्भर हुने सोचका साथ वुहानमा आफ्नै चिप उत्पादन फ्याक्ट्री खोल्न लागेको समाचारहरु आएका थिए। यसै महिनाको शुरुवातमा कम्पनीले आफ्नो आन्तरिक आपूर्ति श्रृङ्खला मजुबत बनाउन एउटा अर्को चिनियाँ कम्पनीसँग सम्झोता पनि गरेको थियो।

प्रकाशित: ४ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...