नबिल बैंकको वार्षिकोत्सव अफर, कार्ड, स्मार्टबैंक तथा लकरहरुमा ३७ दिन छुट

  • Technology Khabar | २८ असार २०७८, सोमबार
नबिल बैंकको वार्षिकोत्सव अफर, कार्ड, स्मार्टबैंक तथा लकरहरुमा ३७ दिन छुट

काठमाडौं ।

नबिल बैंकले ‘३७ दिने ह्याप्पीनेस अफर सार्वजनिक गरेको छ। बैंकले आफ्नो ३७ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुका लागि कार्ड, स्मार्टबैंक लगायत लकरहरुमा विभिन्न छुट प्याकेज सहितको उक्त अफर सार्वजनिक गरेको हो।

उक्त अफर अन्तर्गत नबिल बैंकले सोमबारदेखि ३७ दिन सम्म नयाँ व्यक्तिगत बचत खाताहरुमा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल आईकार्ड, नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) र लकर शुल्कहरुमा विशेष छुटको व्यवस्था गरेको छ।

उक्त अफर असार २८ गते देखि भाद्र १ सम्म खुलेको नयाँ व्यक्तिगत बचत खाताहरुमा मात्र उपलब्ध भएको हुनाले, नबिल बैंकको नजिकको शाखामा गई ग्राहक महानुभावहरुले खाता खोलि अफरको लाभ लिई ढुक्क हुन सक्नेछन् ।

प्रकाशित: २८ असार २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार