डिभाइसको विवरण लीक गर्ने आपूर्ति श्रृङ्खला साझेदारलाई चेतावनी दिँदै सामसङ

  • Technology Khabar | २५ असार २०७८, शुक्रबार
डिभाइसको विवरण लीक गर्ने आपूर्ति श्रृङ्खला साझेदारलाई चेतावनी दिँदै सामसङ

काठमाडौं ।

लीक हिजोआज स्मार्टफोन कम्पनीको अन्तरंग हिस्साजस्तै बनिसकेकको छ। यसैले कुनै पनि स्मार्टफोनका विवरण सार्वजनकि नहुन्जेल लुकाएर राख्न असम्भव जस्तै भएको छ।

तर सामसङ, एप्पल जस्ता ब्रान्ड भने आफ्ना उत्पादनको आधिकारिक रुपमा सार्वजनिक नहुँदै जानकारीहरु बाहिरिएको मन पराउँदैनन्। त्यसमध्ये पनि आपूर्ति श्रृङ्खालामार्फत् बाहिरिएका तथ्यलाई त यी कम्पनीले झनै ठिक मान्दैनन्।

हालैका रिपोर्ट अनुसार सामसङ यस्ता लीक घटाउने तर्फ लागेको छ र उसले यसअघि नै यसबारे आफ्ना आपूर्ति श्रृङ्खला साझेदारहरुलाई चेतावनी दिइसकेको छ।

कम्पनीले यस्ता विवरण लीक गर्नेहरु बारे अध्ययन गरिरहेको र उनीहरुलाई प्रतिलिपि अधिकारसम्बन्धी दस्तावेज थमाउन थालेको छ।

यसले भविष्यमा हुन सक्ने यस्ता लीकलाई कसरी फरक पार्छ त?

यसका बारेमा आधिकारिक तथ्य भविष्यमै थाहा हुने तर हाल सामसङले यसबारेमा कारबाहीको प्रक्रिया शुरु गरिसकेकाले केही समय यसका बारेमा राम्रै चर्चा परिचर्चा हुने आकलन गरिएको छ।

कडाभन्दा कडा नियम र प्रावधान हुँदा हुँदै पनि कोही न कोही व्यक्ति यस्ता विवरण लीक गर्नमा लागिपरिरहेका हुन्छन्।

उदाहरणका लागि एप्पलले कामका बेला आफ्ना कर्मचारीको शरीरमा क्यामरा फिट गरेको हुन्छ। यसबाट कम्पनी बोद्धिक सम्पत्तिप्रति कति गम्भीर छ भन्ने प्रस्ट्याउँछ।

तर प्रत्येक पटक एप्पलका नयाँ उत्पादन सार्वजनिक हुनुअघि नै हामीले तिनीहरुका स्पेसिफिकेशनका बारेमा कतै न कतैबाट थाहा पाइसकेका हुन्छै।

प्रकाशित: २५ असार २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार