टेक्नोको पहिलो प्रिमियम फोन फ्यान्टम एक्स अफ्रिकी बजारमा उपलब्ध

  • Technology Khabar | २३ असार २०७८, बुधबार
टेक्नोको पहिलो प्रिमियम फोन फ्यान्टम एक्स अफ्रिकी बजारमा उपलब्ध

काठमाडौं ।

टेक्नो कम्पनीको पहिलो प्रिमियम फोन फ्यान्टम एक्स हालै दुई देशमा खरिदका लागि उपलब्ध गराइएको छ।

टेक्नोले विशेषगरी उदीयमान बजारलाई लक्षित गर्ने भएकाले फ्यान्टम एक्स पनि विश्वभरी नै भने उपलब्ध गराइने छैन।

हाल यो डिभाइस नाइजेरियामा अनलाइन बजारमा २ लाख २८ हजार नायरा अर्थात् ५५५ डलर र केन्यामा ५० हजार शिलिङ अर्थात् ४६० डलरमा खरिदका लागि उपलब्ध रहेको छ।

यो फोन विश्वभरी नै उपलब्ध नहुने भए पनि अन्य अफ्रिकी र दक्षिण अमेरिकी देशहरुमा पनि उपलब्ध भएकाले छिट्टै अन्य क्षेत्रमा पनि फैलिने अपेक्षा गरिएको छ।

मिडियाटेकको शक्तिशाली हिलियो जी९५ रहेको यसमा पछाडि १/१.३ इन्चको सेन्सरसहितको ५० मेगापिक्सेलको मुख्य क्यामरा रहनेछ भने यसको डिस्प्ले ९० हर्ज रिफ्रेश रेटसहितको ६.७ इन्चको एमोलेड रहनेछ।

यो फोनमा एन्ड्रोइड ११ मा आधारित एचआईओएस ७.६ ओएस इन्स्टल भएर आउनेछ। ८ जीबी र्याम र २५६ जीबी आन्तरिक स्टोरेजको एकमात्र भेरियन्टमा उपलब्ध यो डिभाइसलाई पावर प्रदान गर्न ३३ वाट फास्ट चार्जिङ सपोर्सहितको ४७०० एमएएचको ब्याट्री दिइएको छ।

यो फोन अन्य सामान्य टेक्नोका फोनहरुभन्दा महंगो पनि रहेको छ।

प्रकाशित: २३ असार २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...