ब्रिटिश एयरवेज डाटा उल्लंघनको मुद्दाको क्षतिपूर्ति दावीमा मिलापत्र

  • Technology Khabar | २३ असार २०७८, बुधबार
ब्रिटिश एयरवेज डाटा उल्लंघनको मुद्दाको क्षतिपूर्ति दावीमा मिलापत्र

काठमाडौं ।

ब्रिटिश एयरवेजले सन् २०१८ मा भएको सबैभन्दा ठूलो डाटा उल्लंघनबाट प्रभावित ग्राहक र स्टाफले ल्याएको मुद्दाको समाधान गरेको छ जसको कारण व्यक्तिगत जानकारी लीक भएको थियो ।

यस मुद्दामा अदालतले नियुक्त गरेका प्रमुख वकिलहरूले मंगलबार सो मुद्धाको विषय समाधान भएको जानकारी दिएका हुन् ।

कानुनी फर्म पीजीएमबीएमले डाटा लीकबाट प्रभावित व्यक्तिले ब्रिटिश एयरवेजको मध्यस्थता पछि गोप्यरुपमा सेटलमेन्ट प्राप्त गर्ने बताएको छ। तर यो समस्या समाधानमा एयरलाइन्सले कुनै पनि दायित्व भर्ने विषय समावेश नगर्ने रोयटर्सको रिपोर्टमा उल्लेख छ।

आईएजीको स्वामित्वमा रहेको ब्रिटिश एयरवेजले २०१८ मा यसको सुरक्षा प्रणालीको उल्लंघन भएको जानकारी दिएको थियो जसले गर्दा करिब ४ लाख २० हजार कर्मचारी र ग्राहकहरूको व्यक्तिगत डाटा लीक भएको थियो।

यो घट्नामा १६ हजार भन्दा बढीले डाटा चोरी भएकोमा कम्पनी विरुद्ध उजुरी गरेका थिए।

ब्रिटिश एयरवेजले सो मुद्धालाई व्यवस्थापन गर्न सकेकोमा खुशी व्यक्त  गरेको छ।

गएको अक्टूबरमा बेलायतको सूचना आयुक्तको कार्यालयले ब्रिटिश एयरवेजलाई २ करोड पाउण्ड जरिवाना गरेको थियो । डाटा संरक्षण नियामकले आफ्नो ग्राहकहरूको व्यक्तिगत र वित्तीय विवरण जोगाउन असफल भएकोमा त्यसबेलाको सबैभन्दा ठूलो यस्तो जरिवाना गरेको थियो ।

प्रकाशित: २३ असार २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार