
काठमाडौं ।
एप्पल र सामसङका स्मार्ट ट्यागको सफलतापछि अब अर्को स्मार्टफोन कम्पनी वनप्लुले पनि आफ्नै स्मार्ट ट्याग ल्याउन लागेको बुझिएको छ।
गत मे १८ का दिन कम्पनीले स्मार्ट ट्यागको ट्रेडमार्क दर्ता गराएको थियो। कम्पनीले दर्ता गराएको ट्रेडमार्कको नाम वनप्लसट्याग रहेको बताइएको छ।
उक्त ट्यागले सोझै एप्पलको एयरट्याग तथा सामसङको स्मार्ट ट्यागलाई टक्कर दिने कम्पनीको योजना रहेको छ।
यसले वनप्लसका भविष्यमा आउँदै गरेका डिभाइसहरुले अल्ट्रा वाइड ब्याण्ड यूडब्लूबी सपोर्ट गर्नेतिर संकेत गरेको बुझिन्छ। भविष्यमा आउँदै गरेको यो स्मार्ट ट्याग यूडब्लूबी फिचर नभएका अहिलेका डिभाइसहरुमा काम गर्ने छैन।
प्रकाशित: २३ जेष्ठ २०७८, आईतवार