आईफोनमा रहेको म्यागसेफ ‘पेसमेकर’ लगाएका व्यक्तिलाई जोखिमयुक्त: अनुसन्धान

  • Technology Khabar | २३ जेष्ठ २०७८, आईतवार
आईफोनमा रहेको म्यागसेफ ‘पेसमेकर’ लगाएका व्यक्तिलाई जोखिमयुक्त: अनुसन्धान

काठमाडौं ।

आईफोनमा वायरलेस चार्जिङका लागि प्रयोग गरिँदै आएको म्यागसेफ प्रविधि पेसमेकर प्रयोग गरिरहेका मुटुरोगीका लागि जोखिमयुक्त हुने बताइएको छ।

अमेरिकी मुटु संघ एएचएले हालै एउटा चेतावनी जारी गर्दै म्यागसेफले पेसमेकर प्रयोगकर्ताको स्वास्थ्यमा निम्त्याउन सक्ने जोखिमा बारेमा जानकारी दिएको छ।

अमेरिकी मुटु संघले एउटा अनुसन्धान प्रतिवेदनमा मेडट्रोनिक एबोट र बोस्टन साइन्टिफिक कम्पनीले बनाएका पेसमेकर म्यागसेफको चुम्बकीय तरंगबाट बढी प्रभावित हुने उल्लेख गरेको छ। यसमा रहेको चुम्बकीय तरंगले पेसमेकरलाई सही तरिकाले काम गर्नबाट रोक्ने जोखिम रहेको बताइएको हो।

एएचएको रिपोर्टमा भनिएको छ, ‘ एप्पलको आईफोन १२ म्याक्स म्यागसेफ प्रविधिले पेसमेकरमा चुम्बकीय हस्तक्षेप गरेर जोखिम बढाउन सक्छ।’

म्यागसेफमार्फत् आईफोन वायरलेस तरिकाले चार्ज गर्दा छिटो चार्ज होस् भन्ने हिसाबले शक्तिशाली चुम्बक लगाइएको हुन्छ। यसबाहेक आईफोन १२ मोडलमा हाल रहेका अन्य डिभाइसहरुमा भन्दा बडी चुम्बक प्रयोग गरिएको छ।

प्रकाशित: २३ जेष्ठ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार