ह्वावेले मे १९ मा इभेन्ट गर्दै, नयाँ उत्पादन सार्वजनिक र घोषणा हुने

  • Technology Khabar | ३१ बैशाख २०७८, शुक्रबार
ह्वावेले मे १९ मा इभेन्ट गर्दै, नयाँ उत्पादन सार्वजनिक र घोषणा हुने

काठमाडौं ।

ह्वावेले आगामी मे १९ का दिन नयाँ उत्पादन सार्वजनिक गर्नका लागि इभेन्ट गर्ने बताएको छ।

यस इभेन्टमा कम्पनीले ‘अल सिनारियो स्मार्ट लाइफ’ शीर्षकको ब्यानर अन्तर्गत नयाँ उत्पादनहरु सार्वजनिक गर्ने जानकारी दिएको छ।

यस इभेन्टमा कम्पनीले टीभी, इयरफोन तथा स्मार्ट वाचलगायतका उत्पादन सार्वजनिक गर्ने बुझिएको छ। कम्पनीले यसबारेमा आधिकारिक रुपमा के के सार्वजनिक हुने भन्ने खुलाएको छैन  तर ह्वावे चिल्ड्रेन्स वाच४एक्स तथा ह्वावे बडी फ्याट स्केल३ प्रो लगायतका नयाँ उत्पादन आउने आकलन गरिएको छ।

यसबाहेक अन्य सम्भावित उत्पादनमा सेमी इन इयर हेडफोन फ्रीबड्स४, ह्वावे वाच३ सिरिज, हाइ-इन्ड १६ इन्चको मेटबुक नोटबुक तथा मेटप्याड ट्याब रहन सक्ने वेबोमा आएको पोस्टका आधारमा अपेक्षा गरिएको छ।

प्रकाशित: ३१ बैशाख २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार