एपिकले फ्री गेममा १ करोड १६ लाख डलर खर्चेर ५० लाख नयाँ यूजर कमायो

  • Technology Khabar | २२ बैशाख २०७८, बुधबार
एपिकले फ्री गेममा १ करोड १६ लाख डलर खर्चेर ५० लाख नयाँ यूजर कमायो

काठमाडौं ।

एपिक र एप्पलबीचको द्वन्दवका बीच सार्वजनिक भएको एउटा रिपोर्टअनुसार एपिकले नि:शुल्क गेमका लागि २०१८ मा डेभलपरहरुलाई १ करोड १६ लाख डलर तिरेको र त्यसमार्फत् ५० लाख नयाँ यूजर बढाएको बुझिएको छ।

साइमन कार्लेसले सार्वजनिक गरेको उक्त रिपोर्टमा एपिक गेम स्टोर शुरु गरेको अर्को वर्षको डिसेम्बरदेखि सेप्टेम्बरसम्म कम्पनीले ३८ ओटा गेम निशुल्क ल्याएको थियो।

एपिकका सीईओ टम स्वीनेले कम्पनीले गेम निशुल्क बनाउनका लागि प्रत्येक डेभलपरलाई डाउनलोडका आधारमा नभइ निश्चित रकम तिर्ने गरेको बताएका थिए। उक्त रिपोर्टमा दिइएको कालखणडमा कम्पनीले १ करोट १६ लाख डलर खर्च गरेर ५० लाख यूजर थपिएकामा प्रति यूजर २.३७ डलर खर्च भएको हिसाब निस्किएको हो।

उक्त रकम कम्पनीले प्रति नयाँ यूजर २० डलरको गेम बेचेरै उठाउन सक्छ। रिपोर्टमा १० महिनाको डाटा दिइएकामा कम्पनीले १ करोड८५ लाख नयाँ यूजर फ्री गेमबाट थपिएको र त्यसको ७ प्रतिशतले गेम किन्ने आकलन गरिएको छ। कम्पनीले कुन गेमलाई कति रकम खर्च गर्यो भन्ने यकिन गर्न गाह्रो छ।

उसले ब्याटम्यान अर्खर ट्रिलोजीलाई १५ लाख, सबनाैटिकालाई १४ लाख, म्युटान्ट इयर जेरोलाई १ लाखदेखि फेजलाई ६० हजार डलरसम्मको रकम खर्च गरेको बुझिएको छ।

रिपोर्टमा कम्पनीले २०२० मा फ्री बनाइएको जीटीए५ लाई उल्लेख गरिएको छैन।

यसबाहेक एपिकले आउँदै गरेका गेमका लागि पनि ठूलो रकम खर्च गरेको छ। अर्को एक रिपोर्टमा एपिकले बोर्डरल्याण्ड्स ३ लगायतका आउँदै गरेका गेमका लागि १४ करोड ६० लाख डलर तिरेको भेटिएको छ।

हाल फोर्टनाइट गेमलाई लिएर एप्पल र एपिकबीच सुनुवाइ चलिरहेको ट जसको निर्क्योल ३ हप्ताभित्र हुने बुझिएको छ।

प्रकाशित: २२ बैशाख २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...