स्मार्टफोन ब्राण्ड कम्पनी ओपो आफ्नै कार निर्माण गर्ने योजनामा

  • Technology Khabar | २२ बैशाख २०७८, बुधबार
स्मार्टफोन ब्राण्ड कम्पनी ओपो आफ्नै कार निर्माण गर्ने योजनामा

काठमाडौं ।

ओपोले स्मार्टफोन पछि ओपो स्मार्ट टिभी ओपो स्मार्ट ब्यान्ड र वाच ल्याईसकेको छ । अब कम्पनीले आफ्नो पोर्टफोलियोमा ठूलो विस्तार गर्ने योजना बनाइरहेको छ।

हालै आएको रिपोर्टलाई विश्वास गर्ने हो भने स्मार्टफोन निर्माता ओपोले स्मार्टफोन, स्मार्ट ब्यान्ड र टिभी पछाडि ओपो कार ल्याउने छ । कथित रूपमा, कम्पनीले यो नयाँ प्रोजेक्टमा पनि काम गर्न थालेको छ।

हालसालै शाओमीले पनि आफ्नो स्मार्ट कार लन्च गर्न सक्ने चर्चाहरु आएका थिए भने कम्पनीले कनेक्टेड कारमा लगानी गर्ने बताईसकेो छ। यस बाहेक, ह्वावेले यस दिशामा पहिले नै एक कदम अगाडी अगाडि बढेर स्मार्ट इलेक्ट्रोनिक कारका साथै मोटर वाहन इलेक्ट्रोनिक पार्ट्स मार्केटमा ल्याएको छ ।

कारन्यूजचाइना डटकमको रिपोर्टले शिउक्सियइसालाई उद्धृत गर्दै ओपो आफ्नै कार निर्माण गर्ने योजनामा ​​रहेको बताएको छ। चिनियाँ टेक कम्पनीको यस नयाँ परियोजनाको नेतृत्व कम्पनीका सीईओ र संस्थापक टोनी चेनले गर्नेछन्।

प्रतिवेदनका अनुसार उनले आफ्नो टोलीसँगै केही हप्ता प्रोजेक्टको बारेमा अनुसन्धान गरे, उनले आवश्यक स्रोतहरुको जाँच र परीक्षण गर्दै टोलीमा अटोमोबाइल उद्योगसँग सम्बन्धित मानिसहरूलाई नियुक्त गरेका छन्। रिपोर्टमा यस परियोजनासँग सम्बन्धित वरिष्ठ अधिकारीले भनेअनुसार कम्पनीले हाल अटोमोबाइल निर्माणको बारेमा अनुसन्धान र छलफल गरिरहेको छ, यो परियोजना आधिकारिक रूपमा सुरू गरिएको छैन्।

यसले संकेत गर्दछ कि स्मार्टफोन निर्माता ओपोको आफ्नै कार निर्माण गर्ने योजना हालको लागि छलफलहरूमा मात्र सीमित छ। कार लन्च हुने छ वा छैन आउँदो समयमा प्रस्ट हुनेछ।

रिपोर्टका अनुसार चेनले गत दुई सातामा टेस्ला आपूर्तिकर्ता र ब्याट्री निर्माता सीएटीएलसँग पनि धेरै पटक भेटिसकेका छन्।  कम्पनीले आफ्नो कार प्लान्ट चीनको चेङ्दूमा राख्ने निर्णय गरिसकेको छ ।

प्रकाशित: २२ बैशाख २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sri Lanka arrests 1,093 foreigners in cybercrime crackdown in 2026

  • Technology Khabar
  • २२ बैशाख २०७८, बुधबार