चन्द्रयान ‘अपोलो ११’ का कमाण्ड पाइलट तथा अन्तरिक्ष यात्री माइकल कोलिन्सको निधन

  • Technology Khabar | १६ बैशाख २०७८, बिहीबार
चन्द्रयान ‘अपोलो ११’ का कमाण्ड पाइलट तथा अन्तरिक्ष यात्री माइकल कोलिन्सको निधन

काठमाडौं ।

अपोलो ११ मिसनमा चन्द्रमामा अवतरण गर्ने क्रममा कमाण्ड मोड्युल चलाउने पाइलट तथा अन्तरिक्ष यात्री माइकल कोलिन्सको आज ९० वर्षको उमेरमा निधन भएको छ। कोलिन्सलाई अपोलो ११ मिशनलाई सफलतापूर्वक चन्द्रमामा पुर्‍याउने प्रमुखयान ‘कमान्ड मोड्यूल कोलम्बिया’ Command Module Columbia का पाइलटका रुपमा चिनिन्छ । उनको जन्म ३२ अक्टोबर १९३० मा भएको थियो ।

‘हाम्रो प्यारो बुबा र हजुरबुबाको आज क्यान्सरसँगको बहादुरपूर्ण संघर्षपछि निधन भएको जानकारी दिईरहँदा हामी दुखित छौं,’ उनको परिवारले सार्वजनिक विज्ञप्तीमा लेखेका छन्।

जुलाई २० र २१, १९६९ मा, कोलिन्सले चन्द्रमाको सतह माथि ६९ माईलको परिक्रमा गरे जबकि नील आर्मस्ट्रङ्ग र एडविन “बज” एल्ड्रिनले तलको जमिनमा उत्खनन गरिरहेका थिए । अपोलो ११ मिसनका तेस्रो सदस्यका रूपमा चन्द्रमा नहिडेको मानिस, कोलिन्सलाई “बिर्सिएको अन्तरिक्ष यात्री” भनिएको छ ।

यसै अभियानअन्तर्गत सन् १९६९ को २१ जुलाईका दिन अपोलो ११ अभियानका कमान्डर निल आर्मस्ट्रङले चन्द्रमामा पहिलो पाइला टेक्ने विश्वको पहिलो नागरिक हुने सौभाग्य पाएका थिए । निलले पाइला टेकेको केही मिनेट पछि अर्का सहयात्री एल्ड्रिन बजले चन्द्रमाको सतहमा पाइला टेकेका थिए । माइकल कोलिन्सको उत्तरदायित्व भने अपोलो ११ मिसनको प्रमुखयान कोलम्बियालाई सही तथा सुरक्षित तवरले चन्द्रमाको अर्बिटसम्म पुर्‍याउने र फर्काउने जिम्मा मात्रै रहेको थियो ।

प्रकाशित: १६ बैशाख २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • १६ बैशाख २०७८, बिहीबार