
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले नेपाली हवाई उडानमा पनि इन्टरनेट तथा मोबाइल सेवा उपयोग गर्न सकिने गरि खुला गर्ने भएको छ ।
प्राधिकरणले १० हजार फिट माथिको आकाशमा विदेशी एयरलाइन्सहरुले दूरसञ्चार सेवा प्रयोग गर्न सकिने गरि खुला गर्ने तयारी गरेको हो ।
प्राधिकरणको २३ औं वार्षिकोत्सवमा बोल्दै अध्यक्ष पुरुषोत्तम खनालले हवाई उडानमा दूरसञ्चार सेवा प्रयोग गर्न सकिने गरि खुला गराउने तयारी भईरहेको जानकारी दिए ।
यस्तो सेवामार्फत एयरप्लेनहरुमा यात्रुहरुले सिधै मोबाइल वा वाईफाई मार्फत इन्टरनेट लगायतका सेवा प्रयोगन गर्न सक्नेछन् ।
प्रकाशित: २० फाल्गुन २०७७, बिहीबार