अनलाइन प्रविधिबाट पञ्जीकरण सुरु

  • Technology Khabar | २६ माघ २०७७, सोमबार
अनलाइन प्रविधिबाट पञ्जीकरण सुरु

काठमाडौं ।

सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिकाले आफ्नो सबै वडामा आइतबारदेखि अनलाइन प्रविधिबाट पञ्जीकरण सुरु गरेको छ।

गाउँवासीलाई सहज रूपमा सेवा प्रदान गर्ने उद्देश्यले भोक्राहा नरसिंह गाउँपालिकाको कार्यालयले प्रविधिमैत्री कार्यको सुरुवात गरेको हो ।

तालिम प्राप्त कर्मचारीमार्फत गाउँपालिकाका आठवटै वडामा अनलाइनमार्फत काम सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले जानकारी दिए ।

गाउँपालिकाको दैनिक कार्यमा सहजता ल्याउन, विकास निर्माणलाई प्रभावकारी बनाउन, सेवाग्राहीको कामकारबाही चुस्तदुरुस्त बनाउन प्रविधिमैत्री वातावरणमा काम सुरु गरिएको योजना शाखाका योजना सहायक रामचन्द्र यादवले बताए । आजको गोरखापत्रबाट

प्रकाशित: २६ माघ २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...