समग्र ब्रोडब्याण्डको पहुँच घट्यो, फिक्स्ड ब्रोडब्याण्डमा भने एकैमहिना ३ लाख बढि ग्राहक थपिए

  • Technology Khabar | २० कार्तिक २०७७, बिहीबार
समग्र ब्रोडब्याण्डको पहुँच घट्यो, फिक्स्ड ब्रोडब्याण्डमा भने एकैमहिना ३ लाख बढि ग्राहक थपिए

काठमाडौं ।

भदौ महिनामा ब्रोडब्याण्डको पहुँचका साथै मोबाइल ब्रोडब्याण्डको पहुँचमा समेत कमी देखिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ महिनामा कुल ब्रोडब्याण्ड प्रतिशत ७६.५८ प्रतिशत रहेको छ जबकि साउन महिनामा ब्रोडब्याण्ड प्रतिशत ७६.६७ प्रतिशत रहेको थियो ।

कुल ब्रोडब्याण्डको प्रतिशत र पहुँचमा कमी आएसँगै मोबाइल ब्रोण्डब्याण्डको अवस्था पनि खस्किएको छ ।

तथ्यांकअनसार भदौ महिनामा मोबाइल ब्रोडब्याण्ड १ प्रतिशत भन्दा धेरैले कम देखिएको छ । जहाँ ५६.४२ प्रतिशत रहेको छ । यसअघि साउन महिनामा मोबाइल ब्रोडब्याण्डको अवस्था ५७.५२ प्रतिशत रहेको थियो ।

समग्र ब्रोडब्याण्ड र मोबाइल ब्रोडब्याण्डको अवस्था घटेको बेलामा फिस्क्ड ब्रोडब्याण्ड वायर्डमा भने सुधार देखिएको छ । भदौ महिनामा फिक्स्ड ब्रोडब्याण्ड बढेर १९.४० प्रतिशत पुगेको छ । जबकि अघिल्लो महिनामा यो १८.४० प्रतिशत मात्र रहेको थियो ।

ब्रोडब्याण्डतर्फ थ्रीजीका कुल प्रयोगकर्ताहरुको संख्या घटेको छ । जसमा भदौ महिनामा थ्रीजी प्रयोगकर्ताहरु १ करोड १२ लाख २ हजार २२१ रहेका छन भने फोरजी प्रयोगकर्ताहरु ५५ लाख १६ हजार ४५४ रहेको छन् ।

साउन महिनामा थ्रीजी प्रयोगकर्ताहरु कुल १ करोड १५ लाख ५१ हजार ६६३ जना रहेका थिए भने फोरजी प्रयोगकर्ताहरु ५४ लाख ९७ हजार ३३२ रहेका थिए ।

अर्कोतर्फ फिक्स्ड ब्रोडब्याण्ड वायर्डमध्ये सबैभन्दा धेरै केबल तथा एफटिटिएचका सेवाग्राहीहरुको संख्या निकै वृद्धि भएको छ । एक महिनामा नै करिब ३ लाख एफटिटिएचका प्रयोगकर्ताहरु बढेका हुन् ।

सार्वजनिक तथ्यांकअनुसार साउन महिनामा ४५ लाख ७१ हजार ६३७ जना फिक्स्ड ब्रोडब्याण्ड वार्यडका ग्राहकहरु रहेका मध्ये भदौ महिनामा बढेर ४८ लाख ७६ हजार ५५९ जना पुगेका छन् ।

एडिएसएलका सेवाग्राहीको संख्या भने केहि घटेको देखिएको छ ।

प्रकाशित: २० कार्तिक २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार