
काठमाडौं ।
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले नयाँ कार्यसमिति पाएको छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठनको रुपमा रहेको आइस्पानको अध्यक्षमा सुधिर पराजुली सर्बसम्मतरुपमा चयन भएका छन् ।
लामो समयदेखि इन्टरनेट तथा केबल टिभी सेवामा सक्रिय पराजुली सुबिसु केबलनेट प्रालिका अध्यक्ष हुन् ।
उनको नेतृत्वमा १० सदस्यिय कार्यसमिति समेत गठन भएको छ ।
त्यसैगरि आइस्पानको उपाध्यक्षमा प्रमेश खरेल चयन भएका छन् । उनी क्लासिक टेक प्रालिका संचालक हुन् ।
आइस्पानको महासचिवमा नविन कुमार श्रेष्ठ चयन भएका छन् भने कमल प्रसाद बास्तोला सचिव चयन भए ।
कोषाध्यक्षमा पुस्कर सिंह बडाल चयन भएका छन भने वरिष्ठ सल्लाहकारमा बिजय जलान, बिनय बोहरा र विनय मोहन साउदलाई चुनिएको छ ।
आइस्पानको कार्यसमिति सदस्यमा भने विनोद तिमल्सिना र सुरेन क्षेत्री चयन भएका छन् ।
इन्टरनेट तथा केबल टिभी दुबै सेवा व्यवसायमा आबद्ध रहेका पराजुली केबल टिभी प्रसारकहरुको संस्था नेपाल केबल टिभी महासंघको अध्यक्ष समेत हुन् ।
उनले अहिलेको समयमा दुबै क्षेत्र एकआपसमा नजिक रहेको टेक्नोलोजीखबरलाई बताए । उनले दुबै क्षेत्रको समस्या उस्तै रहेको भन्दै अहिले दुबै क्षेत्र एकसाथ मिलेर जानुपर्ने र स्पष्ट पारे।
उनले आज जूम मिटिङ्गमार्फत मात्र नयाँ कार्यसमिति चयन भएको र औपचारिकरुपमा निर्णय हुन भने बाँकी रहेको जानकारी दिए।
आइस्पानको नयाँ निर्वाचित कार्यसमितिको बारेमा औपचारिकरुपमा माइन्यूनटसहित निर्णय भएसँगै नयाँ कार्यसमितिको घोषणा हुनेछ ।
प्रकाशित: १९ कार्तिक २०७७, बुधबार