एन्ड्रोयड प्रयोगर्कताहरुका लागि गूगल म्याप्समा डार्क मोड फीचर आउँदै

  • Technology Khabar | १७ आश्विन २०७७, शनिबार
एन्ड्रोयड प्रयोगर्कताहरुका लागि गूगल म्याप्समा डार्क मोड फीचर आउँदै

काठमाडौं ।

गूगल म्याप्स एपमा प्रयोगकर्ताहरूका लागि अन्ततः डार्क मोड छिटै आउने संभावना देखिएको छ। यो सुविधा प्लेटफर्ममा पहिले नै थियो।

तर यो नेभिगेसनको साथ मात्र अन हुने गर्दथ्यो जब बाहिर अन्धकार हुने गर्दथ्यो। यद्यपि सिस्टम वाइड डार्क मोड म्याप्समा उपलब्ध थिएन् ।

हाल यस हप्ता, जीएसएमएरेनाको एक रिपोर्टअनुसार केही प्रयोगकर्ताहरूले एन्ड्रोयड ११ मा म्याप्समा डार्क मोड सुविधा अनुभव गरेका छन्।

यी थिमहरू एपको संस्करण १०.५१.१ प्रयोग गर्नेहरूका लागि मात्र उपलब्ध छन्।

गूगल म्याप्सको नाम अन्तिम एप्समा सामेल छ, जसले अझै डार्क मोडलाई सपोर्ट गर्दैन। जहाँसम्म, यो बुझ्न सकिन्छ कि स्थानहरू, सडकहरू र नक्सामा धेरै चीजहरूलाई कलर परिवर्तन गर्न एकदम कठिन काम हो।

यसै कारणले गर्दा मेसेजिङ्ग एप ह्वाट्सएपले पनि डार्क मोड थिम प्रस्ताव गर्न केहि समय लिएको थियो।

आशा छ कि कम्पनीले यो काम गरीरहेको हुनुपर्दछ कि जब डार्क मोड आउँदछ, यो एपको सामग्रीमा राम्रो देखियोस र प्रयोगकर्ताको अनुभवमा सहि होस्।

केही हप्ता अघि ९टू५ गूगलको रिपोर्टमा यो भनिएको थियो कि कम्पनीले म्याप्सको लागि डार्क मोड पूर्ण रूपमा जारी गर्न परीक्षण गरिरहेको छ।

जहाँसम्म, गूगल म्याप्समा डार्क मोड प्रयोगकर्ताहरूका लागि कहिलेदेखि आउने छ र उनीहरुले प्रयोग गर्न पाउनेछन भन्ने बारेमा कुनै स्पष्ट जानकारी छैन।

प्रकाशित: १७ आश्विन २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार