
काठमाडौं ।
चिनियाँ स्मार्टफोन मेकर कम्पनी भिभोले आफ्नो भी सिरिजको नयाँ स्मार्टफोनहरु ल्याउने तयारी गरिरहेको छ । कम्पनीले भारतबाट सबैभन्दा पहिलो भिभो भी २० सिरिज लन्च गर्ने अनुमान गरिएको छ।
कम्पनीले भी२० सिरिजमा भी २०, भी२०एसई र भी२०प्रो स्मार्टफोन लन्च गर्ने रिपोर्टहरु आएका छन् ।
हालै भी २० सिरिजको स्मार्टफोनको प्रमोशनल पोस्टर समेत सार्वजनिक भएको छ ।
कम्पनीको भी२० मा भिभो एक्स५० सिरिजको जस्तै क्यामरा सेटअप हसनेछ । यसमा तीन क्यामरा सेन्सर हुनेछ जसमा हाइब्रिड जूमसहित हुने बताईएको छ । क्यामराको लागि भीभो भी२० मा ४४ मेगापिक्सेलको ड्यूल सेल्फी क्यामरा हुने अनुमान गरिएको छ ।
भी२० मा बेजललेस ड्यूल पन्च होल डिस्प्ले डिजाइन हुनेछ भने फोनमा इन डिप्ले फिंगरप्रिन्ट सेन्सर राखिनेछ । फोनको साईड प्यानलमा भोल्यूम रकर तथा पावर बटन हुनेछ ।
भिभो भी२० सिरिजको स्मार्टफोनमा ३३ वाटको फास्ट चार्जिंग सपोर्ट हुने बताईएको छ भने यसमा क्वालकम स्न्यापड्रागन ६६५ चिपसेट तथा ८ जीबी र्याम हुनेछ । फोन एन्ड्रोयड १० मा आधारित फनटचओएसमा संचालन हुनेछ ।
नेपाली बजारमा पनि उपलब्ध हुने भिभो भी२० सिरिजको स्मार्टफोनहरु सेप्टेम्बरको अन्त्यमा लन्च हुनेछ । कम्पनीले यसमा भी२० र भी२० प्रो लन्च गर्ने अनुमान गरिएको छ।
प्रकाशित: २४ भाद्र २०७७, बुधबार