आर्थिक पत्रकारहरुको कोरोना बीमा युनाईटेड इन्स्योरेन्स कम्पनीमा

  • Technology Khabar | ७ जेष्ठ २०७७, बुधबार
आर्थिक पत्रकारहरुको कोरोना बीमा युनाईटेड इन्स्योरेन्स कम्पनीमा

काठमाडौं ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) मा आवद्ध आर्थिक पत्रकारहरुको कोरोना बीमा गरिएको छ ।

युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल). लिमीटेडमार्फत सेजनमा आवद्ध सदस्यहरुको कोरोना बीमा गरिएको हो ।

सेजनले आफ्ना प्रत्येक सदस्यहरुको पचास हजार रुपैयाँ बराबरको वीमाङ्ग रकमको कोरोना बीमा गराएको छ । बीमापछि सेजनमा आवद्ध विभिन्न सञ्चार माध्यममा कार्यरत आर्थिक पत्रकारहरुलाई कोरोनाले पर्ने आर्थिक व्ययभारमा कम जोखीम हुनेछ ।

युनाईटेड इन्स्योरेन्सले यस बन्दावन्दीको अवधीमा डिजिटल प्रविधिको माध्यमवाट बीमा सेवा प्रवाह गरिरहेको जनाएको छ ।

कम्पनीका अनुसार, हाल आफ्नो २९ वटै शाखा कार्यालयमार्फत मोटर, बीमा अग्नी वीमा, इन्जीनियरिङ्ग बीमा, कृषि तथा पशुपन्छी बीमा लगाएतका बीमा लेखहरु जारी गर्दै आएको छ।

प्रकाशित: ७ जेष्ठ २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...