
काठमाडौं ।
लकडाउनमा अन्य उद्योग कलकारखानाहरु संचालन हुन शुरु भएको अवस्थामा अनलाइन डेलिभरी सेवा भने प्रभावित भएको छ ।
हालै खाना डेलिभरी गर्ने अनलाइन प्लेटफर्म फुडमाण्डुले आफ्ना सेवाहरु प्रभावित भएको भन्दै सबै डेलिभरी सर्भिस रोकिएको जानकारी दिएको छ ।
हाल कम्पनीले कुनैपनि सेवा संचालन गर्न नसकिने बताएको हो ।
कम्पनीले हालै सरकारले सवारी साधन संचालनका लागि जारी गरेको टाइम कार्डको समयका कारण कुनैपनि डेलिभरी गर्न नसकिने बताएको हो ।
कम्पनीले हालै सार्वजनिक सूचना जारी गर्दै आजको ग्रोसरी आईटमहरु फुडमाण्डु फ्रेस पनि ग्राहकहरुको घरमा पुर्याउन नसकिने बताएको छ ।
कम्पनीले आफ्नो सेवा पुन शुरु भएपछि अर्को सूचनाबाट अपडेट गर्ने जानकारी दिएकोछ ।
Please be informed! ???? pic.twitter.com/4VvkRtTNmr
— Foodmandu (@foodmandu) May 10, 2020
प्रकाशित: २८ बैशाख २०७७, आईतवार