एलन मस्कको एउटा ट्वीट जसले गर्दा शेयर बजारबाट टेस्लाले एकै दिन १४ अर्ब डलर गुमायो

  • Technology Khabar | २० बैशाख २०७७, शनिबार
एलन मस्कको एउटा ट्वीट जसले गर्दा शेयर बजारबाट टेस्लाले एकै दिन १४ अर्ब डलर गुमायो

काठमाडौं ।

अमेरिकी ईलेक्ट्रिक भेहिकल निर्माता कम्पनी टेस्लाको शेयर मूल्य एकैदिन ९ प्रतिशतले गिरावट आएको छ । कम्पनीले बजार मूल्यमा १४ अर्ब अमेरिकी डलर गुमाएको छ।

उनले गरेको एक ट्वीटका कारण कम्पनीले शुक्रबार करिब १४ अर्ब डलर शेयर बजारमा गुमाएको हो ।

टेस्लाका संस्थापक एलन मस्कको ट्वीटका कारण लगानीकर्ताहरूले शेयर बेचेपछि मस्कको व्यक्तिगत सम्पत्ति पनि तीन अर्ब डलरले कम भएको छ।

टेस्लाको शेयर मूल्य निकै धेरै भएको भन्दै शुक्रबार उनले ट्वीट गरेका थिए । त्यसपछि उनले सिरिजमा विभिन्न ट्वीट गरेका छन् । मस्कले आफ्नो अचल सम्पत्ति पनि बेच्ने ट्वीट गरेका छन् । अन्य ट्वीटहरूमा उनले आफ्नी प्रेमिका आफूसँग धेरै रिसाएको समेत लेखेका छन्।

यी ट्वीटहरुको कारणले कम्पनीले एकैदिन करिब १४ अर्ब डलर गुमाएको हो ।

वाल स्ट्रीट जर्नलले मस्कलाई त्यो ट्वीट एउटा हल्का टिप्पणी थियो कि भनी सोधेको प्रश्नमा उनले ‘होइन’ भनेको लेखेको छ।

सन् २०१८ मा न्यूयोर्क स्टक मार्केटमा टेस्लाको भविष्यबारे ट्वीट गर्दा उनलाई नियामक निकायले दुई करोड डलर जरिवाना गर्नुका साथै त्यसपछि गर्ने हरेक ट्वीटका लागि वकिलबाट स्वीकृत लिनुपर्ने निर्णय गरेका थिए।

यो वर्ष टेस्लाको शेयर मूल्य बढेर कम्पनीको बजार मूल्य एक खर्ब अमेरिकी डलर नजिकै पुगेको छ। यो एउटा संकेत हुनेछ जहाँ उद्यमीलाई लाखौ‍ं डलरको बोनस भुक्तानी गर्दछ।

समय समयमा विवादास्पद ट्वीट गरिरहने मस्कले आफ्ना झन्डै साढे तीन करोड फलोअरहरूका लागि कोरोनाभाइरसको बेलामा गरिएको अमेरिकी लकडाउनको चर्को आलोचना गरेका थिए र मानिसहरुलाई उनीहरुको स्वतन्त्रता फिर्ता गर्न भनेका थिए ।

मस्कले बेच्ने सम्पत्तिमा उनले सन् २०१३ मा किनेको घर पनि पर्दछ ।

मस्कले टेस्ला बाहेक रकेट कम्पनी स्पेस एक्स, सेटेलाइटबाट इन्टरनेट उपलब्ध गराउने स्टारलिंक बोरिङ्ग कम्पनीलगायत स्थापना गरेका छन् । एजेन्सीका साथ

प्रकाशित: २० बैशाख २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार