गूगलले भिडियो कन्फ्रेन्सिङ्ग एप ‘मिट’ लाई नि:शुल्क बनाउँदै, बजारमा जूमलाई चुनौती दिने

  • Technology Khabar | १८ बैशाख २०७७, बिहीबार
गूगलले भिडियो कन्फ्रेन्सिङ्ग एप ‘मिट’ लाई नि:शुल्क बनाउँदै, बजारमा जूमलाई चुनौती दिने

काठमाडौं ।

अल्फाबेट इंकको गूगलले आफ्नो भिडियो कन्फ्रेन्सिङ्ग एप मिटमा सबै यूजर्सले निशुल्क प्रयोग गर्न पाउने बताएको छ । यसअघि बिजनेसका लागि मात्र उपलब्ध यो टूल अब भने सबैको लागि निशुल्क उपलब्ध हुने भएको हो।

गूगलको भिडियो कन्फ्रेन्सिङ्ग एप मिटले अब बजारमा जूमजस्तो कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

यसअघि नै जूम भिडियो कम्युनिकेशन्स इंक, माइक्रोसफ्ट कर्पको स्काईप र फेसबुक इंकको मेसेन्जले यहि महिना विभिन्न फीचरहरु सार्वजनिक गरेर ग्राहकहरुलाई आकर्षित गर्ने प्रयास गरेका छन् । जसमा यूजर्सलाई निशुल्क प्रयोगको अप्सनका साथै लाइभ गर्ने समेत सुबिधाहरु छन् ।

तर गूगलको मिटमा भने कलहरु गर्नको लागि व्यवसायीक वा शैक्षिक एकाउन्ट हुनुपर्ने अनिवार्य गरिएको छ । यो प्लेटफर्ममा हाल १० करोड सक्रिय मासिक सेवाग्राही छन् ।

अहिले गूगलले पनि आफनो एम मिटलाई आगामी दिनहरुमा बिस्तारै सबैको लागि उपलब्ध गराउने छ भने त्यसमा साइनअप गरेर प्रयोग गर्न सक्नेछन् ।

गूगलले आफ्नो ह्यांगआउट्स सर्भिसमार्फत करिब १२ वर्षदेखि निशुल्क भिडियो कन्फ्रेन्सिङ्ग प्रदान गरिरहेको छ तर त्यसको सेक्यूरिटी र टेक्नोलोजीसहितका फीचरहरु पुराना भईसकेका छन भने यसको लोकप्रियता गुमिसकेको छ । यसका साथै कम्पनीले स्मार्टफोनमा मात्र प्रयोग गर्न सकिने एप डुओ पनि संचालन गरिरहेको छ ।

कम्पनीले आउँदो अक्टोबरदेखि भनेमिटमा निशुल्क कलको प्रावधानलाई १ घण्टामा सिमित गर्नेछ भने एक जना होस्ट र १०० जनासम्म सहभागी हुन पाउनेछन् । यस्तो फीचर जूमको निशुल्क भर्सनमा भएको जस्तै हुनेछ ।

गूगलको एकाउन्टबाट नै साइन इन गर्न सकिने हुँदा कलमा सहभागीको नाम र प्रोफाइल पिक्चर देखिने भएपनि उनीहरुको ईमेल भने सेयर नहुने कम्पनीका प्रडक्ट म्यानेजमेन्ट डाइरेक्टर स्मीता हासिमले बताईन् । एजेन्सीका साथ

प्रकाशित: १८ बैशाख २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार