
काठमाडौं ।
एप्पल इंकले यो वर्ष आउने आफ्नो नयाँ फ्ल्यागशिप आईफोनको उत्पादनमा ढिलाई गर्ने भएको छ । कम्पनीले प्रत्येक वर्षको अन्त्यतिर नयाँ आईफोन सार्वजनिक गर्ने गर्दछ ।
तर यो वर्ष भने एप्पलको नयाँ आईफोन केहि ढिलो आउने अनुमान गरिएको छ । हालै आएको रिपोर्टअनुसार एशियाली क्षेत्रहरुमा उत्पादनक्रममा आएको अबरोध र विश्वभर कोरोनाभाइरसको महामारीले कारणले उपभोक्ता माग कमजोर हुँदा कम्पनीले आफ्नो नयाँ फोन करिब १ महिना ढिलो गरि ल्याउने छ।
हालै आएको वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार एप्पलले यो बर्ष बजारमा चार नयाँ आईफोन मोडलहरु लन्च गर्नेछ।
जसमा नयाँ मोडलहरु ५जी कनेक्टिभिटीसहितको हुनेछ । यसैगरि कम्पनीले ह्याण्डसेटको उत्पादनमा पनि कटौती गर्नेछ ।
एप्पलले नियमितरुपमा सेप्टेम्बरमा नयाँ आईफोनहरु सार्वजनिक गर्ने गर्दछ । तर यो वर्ष भर्खरैमात्र अप्रिल १५ मा नयाँ सस्तो आईफोन लन्च गरेको थियो । आईफोन एसई ३९९ अमेरिकी डलरमा लन्च गरेको हो ।
प्रकाशित: १६ बैशाख २०७७, मंगलवार