दक्षिण कोरियामा कोरोना प्रभावः बन्द भयो सामसङको ग्यालेक्सी जेड फ्लिप बनाउने फ्याक्ट्रि

  • Technology Khabar | १२ फाल्गुन २०७६, सोमबार
दक्षिण कोरियामा कोरोना प्रभावः बन्द भयो सामसङको ग्यालेक्सी जेड फ्लिप बनाउने फ्याक्ट्रि

काठमाडौं ।

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले दक्षिण कोरियाको गुमी शहरमा रहेको स्मार्टफोन प्लान्टलाई अस्थाईरुपमा बन्द गरेको छ । कम्पनीले शनिवार सो बारेमा जानकारी दिँदै प्लान्टमा कार्यरत एक कर्मचारीलाई कोरोनाभाईरसको संक्रमण रहेको पाईएपछि प्रोडक्शन बन्द गर्ने निर्णय गरेको हो ।

कोरियाली समाचार संस्था योनहापको एक रिर्पोटअनुसार सियोलबाट करिब २६० किलोमिटर दक्षिणपुर्वमा रहेको सामसङको सो प्लान्टमा किटाणुरोधक कार्य पुरा गर्ने योजना बनाएको छ ।

सामसङले भाईरस संक्रमित रोगीको सम्पर्कमा आएका कर्मचारीहरु सावधानीका उपायकोरुपमा आफैँ एकान्तवासमा गएका छन्। कम्पनीका एक अधिकारीले अस्थायीरुपमा बन्द प्लान्टले स्मार्टफोनको प्रोडक्शनमा धेरै प्रभावित नहुने बताएका छन् । गुमी प्लान्टमा ग्यालेक्सी जेड फ्लिप फोल्डेबल स्मार्टफोन सहित कम्पनीका अन्य स्मार्टफोनहरुको पनि प्रोडक्शन गरिन्छ ।

भर्खरै मात्रै सार्वजनिक गरेको कम्पनीको फोल्डेबल फोन ग्यालेक्सी जेड फ्लिप विश्वभर हटकेकको रुपमा रहेको छ । केहि दिन अघि मात्र भारतमा बिक्रीको केहि समयमा नै आउट अफ स्टक भएको थियो । एजेन्सी

प्रकाशित: १२ फाल्गुन २०७६, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार