वीरगञ्जमा आयोजित क्यान ईन्फाटेक आईटि मेला २०२० सम्पन्न, २० हजारभन्दा बढीले गरे अवलोकन

  • Technology Khabar | १४ माघ २०७६, मंगलवार

काठमाडौं ।

वीरगञ्ज  । नेपालमा सुचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघसंस्था तथा व्यवसायीहरुको छाता संगठन क्यान महासंघ पर्साद्धारा आयोजित क्यान ईन्फाटेक आईटि मेला २०२० सम्पन्न भएको छ । गत माघ ९ गतेबाट आयोजना भएको क्यान ईन्फोटेक २०२० को अन्तिम दिन सोमबारसम्म करिब २० हजारभन्दा बढीले अवलोकन गरे ।

समापन समारोहमा बोल्दै वीरगञ्ज पब्लिक कलेजका निर्देशक डा. दिपक शाक्यले सुचना प्रविधी क्षेत्रको विकासमा क्यानले पुर्याको योग्दानको प्रशंसा गरेका थिए । वीरगञ्जका लागि बिल्कुलै नयाँ परिवेशको कार्यक्रम भएको हुनाले यहाँका युवाहरु यसतर्फ आकर्षित हुनुपर्ने ठाउँमा नभएको भन्दै दुखः व्यक्त गरे । यस्ता कार्यक्रमलाई भविष्यमा निरन्तरता दिईरहन क्यान पर्सालाई उनले आग्रह गरेका थिए ।

यसैबिच वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाईले युवाहरुको सक्रियतामा युवाहरुका लागि आयोजना भएको क्यान ईन्फोटेक सफल भएको भन्दै शुभकामना व्यक्त गरे । उनले यस्ता कार्यक्रम तथा समारोहले विद्यार्थीहरुको क्षमता विकासमा ठुलो याग्दान पुर्याएको बताए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वक्ताहरुले अधिराज्यभरि छरिएर रहेका सुचना प्रविधीका विज्ञ, जनशक्ति तथा संघसंस्थाको उत्थान तथा विकासका लागि निरन्तर सक्रिय रहन क्यानलाई वक्ताहरुले आग्रह गरेका थिए । क्यान ईन्फोटेक प्रदेश २ तथा वीरगञ्जका लागि बिल्कुलै नयाँ परिवेशको कार्यक्रम भएका हुनाले यसलाई निरन्तरता दिनुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

क्यान महासंघ पर्साका अध्यक्ष दिपक शाहले देशको आर्थिक राजधानीका रुपमा रहेको वीरगञ्जलाई आउने दिनहरुमा आईटि हबका रुपमा पनि चिनियोस् भन्ने अभिप्रायले क्यान ईन्फोटेक आयोजना गरेको बताए ।

५ दिनसम्म चलेको क्यान ईन्फोटेक २०२० मा सुचना प्रविधीसँग सम्बन्धीत करिब ६० भन्दा बढी स्टल राखिएका थिए । आइटि क्षेत्रमा भविष्य बनाउन चाह्नेहरुका लागि क्यान ईन्फोटेक पछिल्लो समय अध्ययन स्थलका रुपमा स्थापित भएको थियो ।

“आईटिका बारेमा धेरै जान्न पाए । यस्ता मेला अझै आयोजना हुनुपर्छ ।” मेलामा अवलोकन गर्दै गरेका सन्तोष साहले भने ।

केन्द्रिय स्तरको क्यान इन्फोटेक तथा प्रदेश र जिल्ला स्तरीय इन्फोटेकको शिर्ष प्रायोजन प्रभु पे, एसोसिएट प्रायोजकमा वल्डलिंक कम्युनिकेशन लिमिटेड, अफिसियल इन्सोरेन्स प्रभु इन्सोरेन्सले प्रायोजन गरेको छ । त्यस्तै हाल सम्म प्लाटिनम स्पोन्सरमा डाईनामिक टेक्नोसफ्ट, गोल्ड स्पोन्सरमा ब्रदर र लर्ड बुद्ध एजुकेशन फाउण्डेसन, सिल्भर स्पोन्सरमा एस पावर, भायनेटले प्रायोजन गरेका छन् ।

क्यान महासंघ पर्साले आयोजना गरेको क्यान ईन्फोटेक यसभन्दा अगाडी सन् २०१८ मा आयोजना गरिएको थियो ।

प्रकाशित: १४ माघ २०७६, मंगलवार

तपाइको प्रतिक्रिया