
काठमाडौं ।
काठमाडौं । एप्पलले सन् २०२० मा ल्याउने आफ्नो नयाँ आइफोनको बिक्रि र आपूर्तिको बारेमा आफ्ना आपूर्तिकर्ता पार्टनरहरुलाई अनुमानित तथ्यांक पठाएको छ ।
हालै आएको डिजिटाइम्सको रिपोर्टअनुसार कम्पनी आफ्नो आइफोन १२ को बिक्री बारेमा निकै विस्वस्त भएको छ । सो रिपोर्टअनुसार कम्पनीले आगामी आइफोन सिरिज १० करोड यूनिट भन्दा बढि शिपमेन्ट गर्नेछ । यसो हुनुमा कम्पनीको ५जी नेटवर्क सहितको आइफोन मुख्य कारण हुनेछ ।
विश्व बजारमा स्मार्टफोनहरुको बिक्री घटिरहेको बेलामा एप्पल भने निकै विस्वस्त हुनु रोचक विषय हो । हाल आइफोन ११ सिरिजको बिक्री एप्पलले ८ करोड हुने अनुमान गरेको छ । त्यसैले पनि कम्पनीले नयाँ आइफोनमा ५जी सपोर्टसहित ल्याउने हुँदा त्यसको बिक्री थप बढ्ने अनुमान गरेको विश्लेषकहरुले बताएका छन् ।
यसअघि एप्पलले सन् २०१९ मा ५जी सपोर्ट नराखिकन नै आइफोन लन्च गरेको थियो ।
अर्कोतर्फ आइफोन १२ यसअघि कम्पनीले सार्वजनिक गरेको आइफोन ४/५ को डिजाइनजस्तै हुने रिपोर्टहरु आईरहेका छन् । कम्पनीले आगामी वर्ष ४ नयाँ आइफोन लन्च गर्ने अपेक्षा गरिएको छ। जसअन्तरगत आइफो १२, १२ प्रो, १२ प्रो म्याक्स र अर्को निकै समयदेखि चर्चामा रहेको आइफोन एसई २ रहेको छ ।
नयाँ आइफोनको प्रो मोडलमा उच्चस्तरको १२० हर्ज प्रोमोसन ओएलईडी डिस्प्लेका साथै सानो नोच राखिनेछ । सो फोनमा थ्रीडी टिओएफ क्यामरा हुनेछ भने एप्पलको आफ्नै ए१४ बायोनिक चीपसेट राखिनेछ । आइफोन १२ प्रो मोडलमा ६जीबी र्याम हुने बताईएको छ ।
आइफोनको एसई २ मोडल भने यसअघिको आइफोन ८ को डिजाइनमा आउने अनुमान गरिएको छ जसमा ए१३ बायोनिक चीपसेटका साथै ३जीबी र्याम हुनेछ । एजेन्सी
प्रकाशित: ११ मंसिर २०७६, बुधबार