उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

  • Technology Khabar | १३ कार्तिक २०८३, शुक्रबार
उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

काठमाडौं ।

उत्तर कोरियाले कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित ड्रोन र पहिलोपटक ६०० मिलिमिटर क्षमताको ‘स्नाइपर’ बहुप्रक्षेपक रकेट प्रणाली सार्वजनिक गरेको छ। नेता किम जोङ उनले ड्रोन प्रविधिमा पूर्ण श्रेष्ठता हासिल गर्न निर्देशन दिएका छन्।

सरकारी समाचार संस्था केसीएनएका अनुसार बिहीबार किमको उपस्थितिमा आयोजित सैन्य प्रदर्शनीमा आत्मघाती ड्रोन, क्रुज क्षेप्यास्त्र र बहुउद्देश्यीय मानवरहित विमान प्रस्तुत गरिएका थिए। ती हतियारले टापुका लक्ष्यमा शतप्रतिशत सटीकताका साथ प्रहार गरेको उत्तर कोरियाको दाबी छ।

प्रदर्शनीका क्रममा ६०० मिलिमिटरका रकेट तथा ड्रोनबाट दक्षिण कोरियाली सैनिक चौकी र अमेरिकी एम१ अब्राम्स ट्याङ्कका नमूना लक्ष्यमा आक्रमण गरिएको तस्बिर सार्वजनिक गरिएको छ।

किमले आणविक हतियार सम्पन्न राष्ट्रका रूपमा उत्तर कोरियाले परम्परागत हतियारको आधुनिकीकरणसँगै कृत्रिम बौद्धिकता र ड्रोन प्रविधिको विकासलाई तीव्रता दिनुपर्ने बताएका छन्।

यसैबीच, दक्षिण कोरियाली सेनाले उत्तर कोरियाको वोनसान क्षेत्रबाट पूर्वी सागरतर्फ प्रहार गरिएका करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र पत्ता लगाएको जनाएको छ। ती क्षेप्यास्त्र करिब २५० किलोमिटर टाढासम्म पुगेका थिए। यस वर्ष उत्तर कोरियाले गरेको यो १७औँ क्षेप्यास्त्र परीक्षण हो।–रासस

प्रकाशित: १३ कार्तिक २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार