क्यान महासंघ चुनावी माहौल: स्वतन्त्र उम्मेदवार नारायण प्रकाश भुजूले कुँवर पक्षबाट चुनाव लड्ने

  • Technology Khabar | ५ मंसिर २०७६, बिहीबार
क्यान महासंघ चुनावी माहौल: स्वतन्त्र उम्मेदवार नारायण प्रकाश भुजूले कुँवर पक्षबाट चुनाव लड्ने

काठमाडौं ।

काठमाडौं । कम्प्यूटर एसोसिएसन अफ नेपाल महासंघ(क्यान महासंघ)को यहि शनिवार हुन लागेको निर्वाचनमा उम्मेदवारी घोषणा गरेका सुनैना घिमिरे पाण्डे प्यानल र नवराज कुँवर प्यानलबिच प्रतिस्पर्धा निकै नै हुने देखिएको छ।

हालै कुँवर पक्षका १४ जना र पाण्डे पक्षका ४ जना निर्विरोध भएसँगै चुनावी माहौल अझ तातिरहेको छ । चुनावको लागि करिब १ दिन मात्र बाँकी रहँदा मतदाता मात्र नभई उम्मेदवारहरु आफ्नो लागि उपयुक्त प्यानलमा जाने क्रम शुरु भएको छ।

यसअघि पाण्डे पक्षका भनिएका तर स्वतन्त्र उम्मेदवारी दिएका नारायण प्रकाश भुजु कुँवर पक्षमा गएका छन् । यसअघि उनलाई पाण्डे पक्षको उम्मेदवार भन्दै आईएको भएपनि भुजूले आफूले स्वतन्त्ररुपमा सो पदमा उम्मेदवारी दिएको बताए ।

यसअघि लेखा समितिको ३ पदमध्ये व्यक्तिगत समूहमा भुजूले उम्मेदवारी दिएका थिए जसमा यसअघि नै पाण्डे पक्षबाट राजु कट्टेल र कुँवर पक्षबाट उम्मेदवार रहेका हृदयमान श्रेष्ठले प्यानलमा उम्मेदवारी दर्ता गरेका थिए ।

भुजूले अब आफू कुँवर पक्षबाट चुनाव लड्ने बताए । ‘मैले स्वतन्त्ररुपमा उम्मेदवारी दिएको थिएँ तर अब भने कुँवर प्यानलबाट चुनाव लड्छु हृदयमानजीले मेरो लागी नै भोट मागिदिनुहुनेछ,’ टिममा दुई भएपनि अब हामी एकै हौं,’ उनले भने ।

कुँवर पक्षबाट लेखा समितिको व्यक्तिगत समूहका उम्मेदवार रहेका हृदयमान श्रेष्ठले भने आफ्नो स्थानमा भुजूलाई भोट माग्ने सहमति गरेको सो पक्षका एक उम्मेदवारले जानकारी दिए ।

अब नारायण प्रकाशले पाण्डे पक्षका प्रतिस्पर्धी कट्टेलसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित: ५ मंसिर २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei empowers Nepal’s green energy future with launch of FusionSolar9.0 Smart PV Solution

  • Technology Khabar
  • ५ मंसिर २०७६, बिहीबार