टेक कम्पनी गूगल क्लाउडमा आधारित गेमिंग सर्भिसमा प्रवेश गर्यो, स्टाडियाको घोषणा

  • Technology Khabar | ५ मंसिर २०७६, बिहीबार
टेक कम्पनी गूगल क्लाउडमा आधारित गेमिंग सर्भिसमा प्रवेश गर्यो, स्टाडियाको घोषणा

काठमाडौं ।

काठमाडौं । अल्फाबेट इंकको गूगल अनलाइन गेमिंग बजारमा प्रवेश गरेको छ । कम्पनीले मंगलबार क्लाउडमा आधारित स्ट्रिमिंग सर्भिस स्टाडिया लन्च गरेको छ ।

स्टाडियामा कम्पनीले यूजर्सलाई एसासिन्स क्रिड ओडिसे र एनबिए २के२० गेमहरु क्रोम वेब ब्राउजरमा आधारित सार्वजनिक गरेको हो ।

यो सेवा २२ गेम्सको स्लेट र ६० फ्रेम प्रति सेकेण्डमा फोरके भिडियो स्ट्रिमिंगसहित शुरु हुन्छ । यो सुविधा गूगलको क्रोमकास्ट र पिक्सेल डिभाइसेसमा उपलब्ध हुन्छ।

गूगलले फोरके भर्सनमा भने प्रिमियम सर्भिस दिनेछ जसलाई स्टाडिया प्रो नाम दिईएको छ र यसमा ९.९९ प्रति महिना शुल्क तोकिएको छ । हाइ डेफिनिसन भर्सनको निशुल्क सेवा भने आगामाी वर्ष मात्र आउने अपेक्षा गरिएको छ ।

स्टाडियामा ७२० पिक्सेल रिजोल्यूशनमा गेम खेल्नको लागि भने यूजर्ससँग कम्तिमा १० एमबिपिएसको इन्टरनेट स्पीड हुनुपर्नेछ र ४ के मा गेम खेल्नको लागि ३५ एमबिपिएसको इन्टरनेट स्पीड हुनुपर्दछ ।

यसअघिको रिभ्यूहरुमा स्टाडियामा लेटेन्सीको समस्या देखिएको गुनासो आएको थियो ।

क्लाउडमा आाधारित गेमिंग सर्भिस नेटवर्कहरुमा पूरै निर्भर रहन्छ भने यसको सफलतामा लेटेन्सी ट्राफिकको भूमिका पनि महत्वपूर्ण हुन्छ ।

विश्लेषकहरुले भने स्टाडियाको सफलता यसमा उपलब्ध हुने गेमहरुको अफरमा निर्भर हुने बताएका छन् । हाल स्टाडियामा आएका गेमहरु यसअघि नै कन्सोलहरुमा उपलब्ध भईसकेका छन् ।

स्टाडियाले बजारमा माइक्रोसफ्ट कर्पको प्रोजेक्ट एक्सक्लाउड र एनभीडिया जीफोर्स नाउसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

गूगलको गेमिंग सर्भिस हाल अमेरिका, बेलायत, क्यानाडा, नर्वे, फ्रान्स र जर्मनीसहित १४ देशहरुमा उपलब्ध रहेको छ । एजेन्सी

प्रकाशित: ५ मंसिर २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार