काठमाडौं ।
काठमाडौं । एप्पलले सन् २०१६ मा पहिलो पटक आइफोन एसई नाममा सानो स्क्रीन भएको आइफोन लन्च गरेको थियो । यसलाई कम्पनीले आइफोन ५एसको नयाँ रिलिजको रुपमा ल्याएको थियो जसमा ४.७ इन्च र ५.५ इन्चको स्क्रीन भएका आइफोनहरु निकै ठूलो साइजका हुने गर्दथे ।
आइफोन एसईमा आइफोन ५को बडिलाई अपडेट र नयाँ हार्डवेयरहरुका साथमा ल्याईएको थियो भने यसको क्यामरा फीचर आइफोन सिक्स एसको जस्तै थियो ।
आइफोन एसई आएको ३ वर्ष भईसकेको छ भने प्रत्येक वर्ष एप्पलले आइफोन एसईको अपडेट भर्सन ल्याउने चर्चा भईरहन्छ, तर अहिलेसम्म आएको छैन् । तर अहिले पनि आइफोन एसईको सक्सेसरको रुपमा नयाँ आइफोन कम्पनीले ल्याउने चर्चा जोडतोडका साथ आएको छ ।
एप्पलको बारेमा विश्लेषण गर्ने र भविश्यबाणी गर्ने विश्लेषक मिंग ची कुओले सन् २०२० मा आइफोन एसईको सक्सेसर आउने दाबी गरेका छन् । उनले सन् २०२० को पहिलो क्वाटरमा नै त्यस्तो डिभाइस आउनसक्ने बताएका हुन् ।
रिपोर्टहरुका अनुसार आउने आइफोन अहिलेको इन्ट्रि लेभलको आइफोन ११ को मूल्य ६९९ अमेरिकी डलर भन्दा पनि सस्तो मोडलमा आउने बताईएको छ । अर्थात कम्पनीले यसलाई बजेट आइफोनको रुपमा ल्याउने छ, जसमा ए१३ प्रोसेसर र ३जीबी र्याम हुनेछ भने यसको बडि डिजाइन आइफोन ८ को हुनेछ ।
आइफोन एसई भर्सन २ आएपछि एप्पलले आफ्नो आइफोन ८ डूओको बिक्री रोक्नेछ जून अहिले पनि कम्पनीले बेचिरहेको छ । केहि आइफोन यूजर्सले होम बटन भएको आइफोनबाट अपग्रेड गर्न मानिरहेका छैनन तरपनि यदि एप्पलले त्यस्तै हार्डवेयर राखेर नयाँ आइफोन ल्याएमा उनीहरुले त्यसलाई किन्ने अनुमान गरिएको छ ।
हाल एप्पलको सबैभन्दा सस्तो मोडल भनेको आइफोन ८ हो जसको शुरुवाती मूल्य ४४९ अमेरिकी डलर रहेको छ ।
प्रकाशित: २४ आश्विन २०७६, शुक्रबार