
काठमाडौं ।
काठमाडौं । भारतमा मोबाइलको आउटगोईँग कलको रिंग टाइमको विषयमा विवाद उत्पन्न भएको छ । हालै भारतीय टेलिकम कम्पनी एयरटेलले टेलीकम रेगुलेटरी अर्थोरिटी अफ इण्डिया (ट्राई) लाई पत्र लेखेर अर्को टेलिकम कम्पनी जियोले रिंग टाइम कम गरेको खण्डमा अन्य टेलिकम कम्पनीहरुले पनि आइटगोईँग कलको रिंग टाइम कटाउने चेतावनी दिएको थियो ।
सोहि चेतावनीपछि भारतमा टेलिकम कम्पनीहरुविच रिंग टाइमको बारेमा विषय उत्पन्न भएको हो ।
एयरटेलले भारतीय टेलिकम क्षेत्रको नियामक निकाय ट्राईसँग अर्को टेलिकम कम्पनी जियोको रिंग टाइम बढाउन निर्देशन दिनको लागि समेत भनेको छ । भारतका अधिकांश टेलिकम कम्पनीहरुले आफ्नो रिंग टाइम ३० सेकेण्ड राख्ने गरेकोमा जियोले भने २० सेकेण्ड मात्र राखेको भन्दै विरोध उत्पन्न भएको हो ।
भारती एयरटेल र भोडाफोन आइडिया लगायतका अन्य कम्पनीहरुले आफ्नो आउटगोईँग रिंग टाइम ३० सेकेण्ड बनाएको तथा मुकेश अम्बानीको कम्पनी रियायन्स जियोले भने आफ्नो रिंग टाइम २० सेकेण्ड मात्र राखेको छ । हालै जियोले आफ्नो रिंग टाइम बढाएर २५ सेकेण्ड पुर्याएको भएपनि विवाद कायमै रहेको छ ।
ईकोनोमिक टाइम्सकाअनुसार रिलायन्स जियोले आफ्नो आउटगोईँग कलको रिंग टाइम बढाएर २५ सेकेण्ड गरेको छ भने जियोले ट्राईको गाइडलाइनको प्रतिक्षा गरिरहेको छ ।
जियोले रिंग टाइम घटाएर इन्टरकनेक्शन यूजेज चार्जमा तलमाथि गरिरहेको एयरटेलले आरोप लगाएको छ । एयरटेलकाअनुसार कम समयको रिंग अलर्टको अर्थ यो हुन्छ की मिस कल धेरै हुनेछ र यसले गर्दा जियोको नेटवर्कमा अधिक रिटर्न फोन कलहरु आउनेछन् ।
यसले गर्दाजियो निर्भर कम्पनीलाई हुने आईयूसी भुक्तानीमा कटौती गर्न सक्नेछ ।
तर जियोले भने यो आरोपलाई अस्विकार गर्दै विश्वभर १५ देखि २० सेकेण्डको स्ट्याण्डर्ड रिंग टाइम हुने गरेको बताएको छ ।
अन्य कम्पनीहरुले पनि रिंग टाइमलाई कम्तिमा ३० सेकेण्ड राखिनुपर्ने बताएका छन् । तर जियोले भने रिंग टाइम २५ सेकेण्डको हुनुपर्दछ । जियोले कुनैपनि कल आएको पक्षलाई जवाफ दिनका लागि२० सेकेण्ड पर्याप्त हुने र अधिक समय राख्नुको अर्थ स्पेक्ट्रमको अनावश्यक प्रयोग भएको दाबी गरेको छ ।
ट्राईले यसको बारेमा एउटा कन्सल्टेशन पेपर जारी गरेर सुझाव मागेको छ । एजेन्सी
प्रकाशित: १५ आश्विन २०७६, बुधबार