खल्तीको एन्ड्रोइड एप डाउनलोड गर्नेको संख्या पाँच लाख नाघ्यो

  • Technology Khabar | २७ भाद्र २०७६, शुक्रबार

काठमाडौं ।

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ को एन्ड्रोइड एप डाउनलोड गर्नेको संख्या पाँच लाख नाघेको छ । बजारमा आएको दुई वर्ष र केहि महिनाको छोटो अवधिमै खल्तीले यो कोशेढुंगा पार गर्न सफल भएको हो ।

यति छोटो अवधिमै पाँच लाख एन्ड्रोइड एप डाउनलोडको उपलब्धि हासिल गर्न सक्नु कम्पनीका लागि ठूलो सफलता भएको खल्ती डिजिटल वालेटका प्रबन्ध निर्देशक मनिष मोदीले बताए । अब सबै प्रकारका भुक्तानी सेवाहरुलाई अनलाईन प्रविधिमा ल्याउन कम्पनी थप उत्प्रेरित बनेको उनले बताए ।

‘अझै पनि ग्रामिण भेगमा बिजुलीको महशुल तिर्ने जस्ता सामान्य कार्यको लागि सयौँ रुपैयाँ र पूरा दिन खर्च गरेर सदरमुकाम धाउनुपर्ने बाध्यता छ । हामी अब देशका हरेक कुना काप्चाबाट सरकारको डिजिटल नेपालको सपनालाई साकार पार्न ‘डिजिटल नेपाल, समृद्धिको महाअभियान’ भन्ने नाराका साथ भरपूर प्रयास गर्नेछौँ । बैंकिङ पहुँचमा नरहेको दूरदराजको जनसंख्यालाई समेत वित्तीय सेवा प्रदान गर्ने र उनीहरुको जीवन सरल बनाउने पनि हाम्रो उद्देश्य रहनेछ,’ प्रबन्ध निर्देशक मनिष मोदीले भने ।

सन २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, बिमा शुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्नेलागयतका अन्य थुप्रै सेवाहरु लिन सकिने बताईएको छ ।

हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८ लाख भन्दा बढि रहेको कम्पनीको दाबी छ ।

प्रकाशित: २७ भाद्र २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार