टेलिकमले फोरजी सिस्टम अपग्रेड गर्दै, अपग्रेडगर्दा आजराती मोबाइल सेवामा कठीनाई आउनसक्ने

  • Technology Khabar | २१ भाद्र २०७६, शनिबार
टेलिकमले फोरजी सिस्टम अपग्रेड गर्दै, अपग्रेडगर्दा आजराती मोबाइल सेवामा कठीनाई आउनसक्ने
फाइल फाेटाे

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकमले फोरजी/एलटिई सेवाको सिस्टम अपग्रेड गर्ने भएको छ।

नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), वायरलेस सेवा निर्देशनालय बबरमहलले शनिबार राती ११ः३० बजेदेखि फोरजी/एलटिई(4G/LTE) सेवाको सिस्टम अपग्रेड सम्बन्धि कार्य हुने भएकोले त्यस समयमा मोवाइल सेवा प्रयोगमा केहि कठीनाई आउनसक्ने जनाएको छ।

मोवाइल सेवा अबरूद्ध हुन पुगेमा मोवाइल स्वीच अफ गरी पुन स्वीच अन गर्न पनि टेलिकमले जानकारी गराएको छ।

टेलिकमले प्रविधिमा आएको अनुरुप सेवाग्राहीलाई समयसापेक्ष नयाँ प्रविधिमा आधारित सेवाहरू उपलब्ध गराउने प्रयास गरिराखेको बताएको छ। देशभर नै फोरजी/एलटिई सेवा विस्तार कार्य जारी रहेको टेलिकमले उल्लेख गरेको छ।

प्रकाशित: २१ भाद्र २०७६, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार