फेसबुकले २० देशमा शुरु गर्यो डेटिंग सेवा, डेटिंग लिस्टलाई यूजरले गोप्यरुपमा राख्न सक्ने

Technology Khabar २० भाद्र २०७६, शुक्रबार

काठमाडौं ।

काठमाडौं । फेसबुकले अब आफ्ने डेटिंग सेवा सार्वजनिक गरेको छ । यसअघि थर्ड पार्टि डेटिंग एपमा भर परिरहेका फेसबुक यूजरलाई ध्यानमा राखेर कम्पनीले डेटिंग नामक सेवा उपलब्ध गराएको छ ।

हाल यो सेवा अमेरिकामा र अन्य २० देशहरुमा पनि उपलब्ध हुनेछ । यो सेवा अहिले साउथ इस्ट एशियन देशहरुमा लन्च हुन लागेको हो ।

फेसबुक डेटिंगका साथ सिक्रेट क्रस फीचर पनि आएको छ । यो फीचरअन्तरगत फेसबुक यूजर्सले गोप्यरुपमा क्रश लिस्ट बनाउन सक्नेछन्, यदि यो क्रश लिस्ट कमन भएमा यसले दुबै यूजर्सलाई बताउने छ । नत्र सो बारेमा क्रश लिस्टमा कसको नाम राखिएको छ भन्ने जानकारी गोप्य रहनेछ।

फेसबुकमा डेटिंग गर्न निकै सजिलो बनाईएको छ । यसको लागि अतिरिक्त एकाउन्ट आवश्यक नपर्ने र अहिले भएकै एकाउन्टबाट डेटिंग गर्न सकिने सुविधा दिईएको छ । यदि तपाईँले छुट्टै एकाउन्ट चाहनुहुन्छ भने त्यो सुविधा पनि दिईएको छ ।

डेटिंग सेवामा यसअघि नै सो प्रोग्राममा जोडिएका मानिसहरुको बारेमा जानकारी दिएछ भने तपाईँलाई त्यसको बारेमा बताउनेछ ।
यसमा तपाईँले म्याचको लागि प्रतिक्षा गर्नुपर्दैन सिधै तपाईँले सो मानिसलाई मेसेज सेण्ड गर्न वा लाइक बटन दबाउन सक्नुहुनेछ ।

यो डेटिंग सेवामा जोखिम हुनसक्ने र दूव्र्यवहार हुनसक्ने जोखिमलाई कम गर्न फेसबुकले विभिन्न फीचरहरु घोषणा गरेको छ । जसमध्ये एउटा तपाईँले डेट गर्न चाहनेसँगको लोकेसन अन्य साथीहरुसँग मेसेन्जरमार्फत शेयर गर्न सक्नुहुनेछ ।

डेटिंग सेवामा इन्टाग्रामलाई पनि जोडिएको छ यसको अर्थ तपाईँले फलोअर्समध्ये कसैलाई डेटिंग पार्टनर छनौट गर्न सक्नुहुनेछ ।

फेसबुकले तपाईँले बनाएको डेटिंग प्रोफाइलको आधारमा प्राथमिकताको आधारमा सुझावहरु उपलब्ध हुने बताएको छ । कुनै अन्य दोस्रो फेसबुक साथीले तपाईँको डेटिंग प्रोफाइल हेर्न सक्दैन जबसम्म तपाईँले सिक्रेट क्रश फीचर एनेबल गर्नु हुन्न् ।

यसमा रहेको शील्ड आईकन प्रयोग गरेर तपाईँले आउन लागेको डेटको बारेमा आफ्ना परिवारका सदस्यहरुलाई पनि जानकारी दिनसक्नुहुनेछ ।

फेसबुक डेटिंग अमेरिका बाहेक हाल क्यानाडा, ब्राजिल, मलेशिया, मेक्सिको, सिंगापुर, थाईल्याण्ड, भियतनाम, फिलिपिन्सलगायतका २० मुलुकहरुमा उपलब्ध भएको छ ।

प्रकाशित: २० भाद्र २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया