सामसंगको मिड रेन्ज स्मार्टफोन ‘ग्यालेक्सी ए९० फाइभजी’ सार्वजनिक, ४८ मेगापिक्सेलको मुख्य क्यामरा

  • Technology Khabar | १७ भाद्र २०७६, मंगलवार
सामसंगको मिड रेन्ज स्मार्टफोन ‘ग्यालेक्सी ए९० फाइभजी’ सार्वजनिक, ४८ मेगापिक्सेलको मुख्य क्यामरा

काठमाडौं ।

काठमाडौं । सामसंगले हालै आफ्नो दोस्रो ५जी स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले कोरियामा सार्वजनिक गरेको यो स्मार्टफोन ए सिरिजमा आएको छ ।

सामसंग ग्यालेक्सी ए ९० ५जी स्मार्टफोनमा कम्पनीले क्वालकम स्न्यापड्रागन ८५५ प्रोसेसर राखेको छ । यो मिड रेन्जको स्मार्टफोन हो ।

कम्पनीले ल्याएको नयाँ ५जी स्मार्टफोनका साथमा पहिलो पटक डेक्स फीचर कुनै फ्ल्यागशिप बाहेकको मिड रेन्जको स्मार्टफोनमा राखेको छ ।

यो स्मार्टफोनमा ६.७ इन्चको ओएलईडी डिस्प्ले र इन्फिनिटी यू प्यानलको प्रयोग गरेको छ । त्यस्तै यसमा अण्डर डिस्प्ले फिंगरप्रिन्ट सेन्सर राखिएकोछ ।

फोटोग्राफीका लागि यो स्मार्टफोनमा ट्रिपल रियर क्यामरा छ जसमा ४८ मेगापिक्सेल प्लस ८ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको सेन्सर छ । सेल्फीका लागि भने ३२ मेगापिक्सेलको सिंगल फ्रन्ट क्यामरा राखिएको छ ।

यो स्मार्टफोनमा स्न्यापड्रागन एक्स५० ५जी मोडेम राखिएको छ भने ६ जीबी र्याम र ८ जीबी र्याम अप्सन रहेको छ भने १२८ जीबीको इन्टरनल स्टोरेज रहेको छ ।

फोनमा ४,५०० एमएएचको ब्याट्री प्याक छ भने २५ वाटको फास्ट चार्जिंग सपोर्ट रहेको छ ।

सामसंग ग्यालेक्सी ए ९० ५जी स्मार्टफोन हाल कोरियामा मात्र सार्वजनिक भएको छ । यो स्मार्टफोन अन्य बजारहरुमा कहिले आउँछ भन्ने जानकारी छैन् । एजेन्सी

प्रकाशित: १७ भाद्र २०७६, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार