
काठमाडौं ।
काठमाडौं । सामसंगले आफ्नो बजेट सिरिजको स्मार्टफोन ग्यालेक्सी एम४०मा नयाँ सफ्टवेयर अपडेट उपलब्ध गराएको छ । कम्पनीको नयाँ सफ्टवेयरमा अगस्ट सेक्यूरिटी प्याच पनि उपलब्ध रहेको छ ।
सो नयाँ अपडेटमा डेडिकेटेड क्यूआर स्क्यानर फीचर रहेको छ जसको सहयोगबाट प्रयोगकर्ताले क्यामरालाई केन्द्रित गरिएको स्थानमा कोडहरु स्क्यान गर्नसक्नेछ । क्यूआर कोड स्क्यानको लागि लागि अब कुनै थर्ड पार्टि एप्समा भरपर्नुपर्दैन् ।
अधिकांश सामसंग डिभाइसहरुले यो फीचर केहि समयपछि प्राप्त गर्नेछन् ।
सामसंगले नयाँ सफ्टवेयर अपडेटका साथमा उपलब्ध गराएको महत्वपूर्ण फीचर भनेको क्यामराका लागि नाइट मोड हो । यो फीचर केबल ग्यालेक्सी फ्ल्यागशिप स्मार्टफोनहरुमा मात्र उपलब्ध रहेकोमा अब भने कम्पनीले ग्यालेक्सी एम४० मा पनि दिएको छ ।
नाइट मोडको नाम नै जस्तै यदि तपाईँले सो मोडमा क्यामरा स्वीच गरेर लामो एक्सपोजर शट खिच्न सक्नुहुनेछ । 
हाल यो अपडेट भारतीय यूजरलाई मात्र उपलब्ध गराईएको छ । यदि तपाईँको स्मार्टफोन सामसंग ग्यालेक्सी एम४० हो र त्यसमा अपडेट नोटिफिकेसन आएको छैन भने तपाईँले त्यसलाई म्यानुअल्लि चेक गरेर डाउनलोड र इन्स्टल गर्न सक्नुहुनेछ । यसको लागि सेटिंगमा गएर सफ्टवेयर अपडेटमा जानुस र डाउनलोड गरेर इन्स्टल गर्नुस् ।
प्रकाशित: १० भाद्र २०७६, मंगलवार