स्विट्जरल्यान्डमा सबैभन्दा बढी प्रयोग हुने पासवर्ड सार्वजनिक, अब १२३४५ पहिलो स्थानमा छैन
काठमाडौं ।
स्विट्जरल्यान्डमा सबैभन्दा बढी प्रयोग हुने पासवर्ड संयोजन १२३४५ नरहेको छ। नर्ड पास कम्पनीले सावजनिक गरेको एक अध्ययन अनुसार डोमिनारिया शब्द सबैभन्दा बढी प्रयोग हुने पार्सवर्डको रुपमा पहिलो स्थानमा परेको छ। यसले परम्परागत संख्यात्मक पार्सवर्डलाई पछाडि पारेको हो।
साइबर सुरक्षा अनुसन्धानकर्ताहरुसँगको सहकार्यमा गरिएको उक्त अध्ययनमा सन् २०२४ सेम्टेम्बरदेखि चुहावटमार्फत सार्बजनिक भएका पासवर्डहरुको विश्लेषण गरिएको थियो।
वाट्सनले सार्वजनिक गरेको विवरणका अनुसार स्विट्जरल्यान्डमा सबैभन्दा बढी प्रयोग हुने १० पासवर्ड मध्येः डोमिनारिया, एडमिन, पुर्जी१२३, डिभिनोरम८८, १२३४५६, चोकोलेट३६, १ए२एस३डी४एफ५जी६एच, पासवर्ड, १२३४५६७८९ र पास्कल८७ रहेका छन्।
टेलिग्राफका अनुसार, डिजिटल प्रविधिको विकास भएको देशमा समेत धेरै प्रयोगकर्ताहरुले सजिलै अनुमान गर्न सकिने पासवर्ड प्रयोग गरिरहेको तथ्य अध्ययनले देखाएको छ। कमजोर पासवर्डका कारण प्रयोगकर्ताका अनलाइन खाताहरु साइबर आक्रमणको जोखिममा पर्ने गरेका छन्।
विज्ञहरुले अनलाइन सुरक्षालाई बलियो बनाउन लामो र फरक पासवर्ड प्रयोग गर्न तथा टु–फ्याक्टर भेरिफिकेसन सक्रिय गर्न सुझाब दिएका छन्।