ताजा समाचार

‘किलर रोबोट’ को नियमन गर्न देशहरू सहमत

‘किलर रोबोट’ को नियमन गर्न देशहरू सहमत
बिङमार्फत् एआईको सहयोगमा बनाइएको सांकेतिक तस्बिर।
Global IME Bank

घातक स्वायत्त हतियार अर्थात् ‘किलर रोबोट’ को प्रयोग नियमन गर्न अन्तर्राष्ट्रिय सम्झौताको प्रक्रिया अघि बढाउन संयुक्त राष्ट्रसङ्घका १२८ सदस्य राष्ट्र सहमत भएका छन्।

जेनेभामा पाँच दिनसम्म चलेको वार्तापछि आगामी दुई वर्षभित्र यससम्बन्धी अन्तर्राष्ट्रिय कानूनी व्यवस्था तयार गर्ने प्रक्रिया अघि बढाउने सहमति भएको हो ।

तर, स्वायत्त हतियारविरुद्ध अभियान चलाइरहेका संस्थाहरूले सहमतिलाई अपर्याप्त भन्दै कानूनी रूपमा बाध्यकारी नियम आवश्यक रहेको बताएका छन् । उनीहरूका अनुसार कृत्रिम बौद्धिकता (एआई) बाट सञ्चालित हतियारले मानव जीवन र मृत्युसम्बन्धी निर्णय आफैँ गर्न सक्ने जोखिम छ।

संयुक्त राष्ट्रसङ्घीय परम्परागत हतियारसम्बन्धी महासन्धि (सिसिडब्लु) को समीक्षा सम्मेलनका अध्यक्ष जुलियन थोनीले अन्तर्राष्ट्रिय मानवीय कानूनअनुसार कुन स्वायत्त हतियार प्रतिबन्धित गर्ने र कुन नियमन गरेर प्रयोग गर्न दिने भन्ने विषयमा आगामी वार्ता केन्द्रित हुने बताइन्।

अमेरिका र रुसलगायत सैन्य प्रविधिमा अग्रणी देशहरू कडा प्रतिबन्धको पक्षमा नरहेकाले यस विषयमा सहमति जुटाउन कठिन हुँदै आएको छ।

‘स्टप किलर रोबोट्स’ अभियानकी कार्यकारी निर्देशक निकोल भ्यान रुइजेन र ह्युमन राइट्स वाचकी भेरिटी कोयलले सहमतिलाई निराशाजनक बताउँदै कानूनी व्यवस्था निर्माणमा ढिलाइ हुँदा सर्वसाधारण जोखिममा पर्न सक्ने चेतावनी दिएका छन्। रासस/एएफपी

Sajilo Visa
easy care