सञ्चार मन्त्रालयका सहसचिव रविलाल शर्माको ४ महिनामै सरुवा
काठमाडौं ।
सरकारले ३२ जना सहसचिवहरूको सरुवा गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव वा सो सरहका ३२ जना कर्मचारीको सरुवा गरेको हो ।
मन्त्रिपरिषद्ले मन्त्रालयहरुका साथै प्रदेशका सहसचिवहरुको समेत सरुवा गरेको छ।
उक्त सूचीमा सुचना तथा सञ्चार मन्त्रालयका सहसचिव समेत परेका छन्।
सञ्चारका सहसचिव रविलाल शर्मालाई सरकारले सरुवा गरेर हेटौंडा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत बनाएको छ। त्यस्तै बिनु बज्राचार्य कुँवरलाई सरकारले सञ्चार मन्त्रालयमा ल्याएको छ। उनलाई गृह मन्त्रालयअन्तरगतबाट सञ्चारमा सरुवा गरिएको हो।
सहसचिव शर्मालाई भदौमा सरकारले सञ्चार मन्त्रालयमा ल्याएको थियो। उनले मन्त्रालयमा प्रशासन तथा योजना महाशाखाको नेतृत्व गर्दै आएका छन्। सरकारले उनलाई ४ महिनामानै सरुवा गरेर हेटौंडा पठाएको छ।