Technology Khabar ८ भाद्र २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । वर्षौंदेखि वैज्ञानिकहरुले हाम्रा स्मार्टफोनहरुबाट उत्पन्न हुने तरंगले हाम्रो शरिरलाई हानी गर्ने चेतावनी दिँदै आएका छन् । तर हालसम्म त्यसको साँच्चिकैको प्रभाव वा असर भने देखिएको छैन् ।
अमेरिकाको फेडरल कम्यूनिकेसन्स कमिसन(एफसिसि)ले निश्चित नियमनहरु ती डिभाइसहरुले उत्सर्जन गर्ने तरंगका लागि लागू गर्यो तर पनि केहि मोडलहरुले भने त्यसलाई पालना गरेको देखिँदैनन् ।
यस्तो उत्पन्न भएको तरंगलाई मापन गर्न स्पेशल एब्जर्बसन रेट(एसएआर) प्रयोग गर्ने गरिन्छ । यो तरंगको उर्जामा आधारित हुने गर्दछ जुन हाम्रो छालाबाट हुँदै तन्तुहरुमा पुग्दछ ।
यदपी बजारमा भएका सबै फोनहरु यसको मापदण्ड पालना गरेका छन की छैनन भनेर परीक्षणहरु गर्ने गरिन्छ । हालै एफसिसिको ल्याबमा गरीएको त्यस्तो परीक्षणले केहि चर्चित ब्राण्डका केहि मोडलहरुमा भने अनपेक्षित परिणाम आएको देखिएको छ ।

एफसिसिले गरेको परीक्षणअनुसार सामसंग र एप्पलका फोनहरुले अधिक तरंग उत्पन्न गर्ने गरेको भेटिएको छ । हालै गरिएको परीक्षणअनुसार सामसंगको ग्यालेक्सी एस ८ ले तोकिएको स्तरभन्दा बढि तरंग उत्पन्न गर्ने गरेको भेटिएको छ भने अर्को कम्पनी एप्पलको आईफोन सेभेनको परीक्षण गर्दा पनि करिब ७ गुणा बढि तरंग उत्पन्न गर्ने देखिएको छ ।
तर यी फोनहरु हाम्रा कानको नजिक ल्याउँदा भने कम तरंग उत्पन्न गर्ने किसिमको रहेको परीक्षणमा देखिएको छ । यसमा सेन्सरले गर्दा महत्वपूर्ण भूमिका रहेको देखिन्छ ।
तर यस्तो विषय ५जी फोनहरुको बारेमा के छ भनेर समेत परीक्षण गरिएको छ । जसमा ती फोनहरु धेरै खतराजन्य नभएको बताईएको छ । ती ५जी फोनहरुले भने एफसिसिको मापदण्डलाई पालना गरेको बताईएको छ ।
वैज्ञानिकहरुले मोबाइल फोनबाट उत्पन्न हुने अधिक तरंगले के खतरा निम्त्याउँछ भन्ने अझै प्रमाण भेटेका छैनन् । एजेन्सी
प्रकाशित: ८ भाद्र २०७६, आईतवार