सन् २०२८ सम्म फ्रान्समा २ हजार रोजगारी सिर्जना गर्दै रेनो, १ हजार कर्मचारी हटाउने
काठमाडौं ।
फ्रान्सेलि सवारिसाधन निर्माता कम्पनी रेनोले सन् २०२८ सम्ममा २ हजार नयाँ रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ। तर कम्पनीले यसै अवधिमा प्रशासनिक तथा सहयोगी क्षेत्रमा कार्यरत १ हजार कर्मचारिको पद हटाउने योजना पनि सार्वजनिक गरेको छ।
चीनका सवारीसाधन निर्माता कम्पनीहरुसँगको तीब्र प्रतिस्पर्धाको सामना गर्ने उदेश्यले रेनोले यस्तो योजना अघि सारेको हो।
कम्पनीले संघका प्रतिनिधि समक्ष फ्रान्स इन्डस्ट्री फ्याचररेडि परियोजना प्रस्तुत गरेको हो। उक्त परियोजनाले यूरोपेलि सवारीसाधन निर्यातमाथि चिनियाँ कम्पनीबाट बढ्दै गएको प्रतिस्पर्धात्मक चुनौतिको सामना गर्न औधोगिक गतिविधिमा रुपान्तरण गर्ने लक्ष्य राखेको छ।
कम्पनीको गुणस्तर, उत्पादन तथा आपुर्ति विभाग प्रमुख थिएरी चार्भेका अनुसार आगामी दुई वर्ष भित्र र २ हजार नयाँ रोजगारी सिर्जना गरिनेछ। ती मध्ये अधिकांश रोजगारी उत्पादन क्षेत्रमा केन्द्रित हुनेछन्।
हाल रेनोमा फ्रान्स भित्र १५ हजार औद्योगिक क्षेत्रमा कार्यरत कर्मचारी छन्।
योजनाअनुसार कम्पनीका विभिन्न कारखानामा १ हजार ६५० जना उत्पादन तथा संचारसम्बन्धी कामदार सहयोगी कार्यमा २५० जना कर्मचारी र १०० जना नयाँ स्नातकलाई रोजगारी दिइने छ।
प्रशासनिक तथा सहयोगी कार्यमा कार्यरत १ हजार कर्मचारीलाई स्वेच्छिक अवकाश दिने योजना पनि कम्पनीले सार्वजनिक गरेको छ। यससम्बन्धी ब्यवस्था भने श्रमिक संघसँगको छलफल पछि टुङ्गो लगाइने छ।
ब्याष्ट्रि इन्जिनियरिङ इलेक्ट्रोनिक्स तथा सफ्वेयर, र औद्योगिक मर्मतजस्ता क्षेत्रका कार्यरत कर्मचारीका पद भने यथावत राखिने कम्पनीले जनाएको छ।
टेलिग्राफका अनुसार, सेप्टेम्बरमा रेनोले सन् २०३० सम्म स्पेनमा ६० करोड युरो (६६ करोड अमेरिकि डलर) लगानि गर्ने घोषणा गरेको थियो। उक्त लगानिबाट पाचँ नयाँ मोडलका सवारीसाधन उत्पादन गर्ने कम्पनीको योजना रहेको छ।