काठमाडौं ।
यामाहा मोटरबाइकको आधिकारिक वितरक मोरङ अटो वर्क्सले आज भुकुटीमण्डपमा आयोजना गरिरहेको यामाहा ब्लू फेस्टमा एक जना युवती घाइते भएकी छन्।
यामाहा ब्लू फेस्टको उद्घाटनका लागि र बाइक प्रदर्शनका लागि कार्यक्रम स्थलको बिचमा बनाइएको स्टेजमाथि राखिएको क्रस बारसहितको पोल ढलेर एक जना युवती घाइते भएकी हुन्।
प्रत्यक्षदर्शीहरुकाअनुसार, अचानक आएको हावाको झोक्काले उक्त पोल अगाडि उभिएकी कम्पनीको तर्फबाट मोडलको रुपमा खटिएकी एक युवतीलाई लडाएर थिचेको थियो।
सोही क्रममा उक्त क्रस बार पोलले अर्का एक पत्रकारलाई समेत ढाडमा सामान्य चोट लागेको थियो भने त्यहाँ प्रदर्शनमा राखिएको मोटरबाइकसमेत लडेको थियो।
ती युवतीलाई टाउको र ढाडमा गम्भीर चोट लागेको बताइएको छ।
घाइते युवतीलाई प्राथमिक उपचारका लागि अस्पताल लाने तयारी गरिएको सो फेस्टमा सहभागी कम्पनीका एक कर्मचारीले जानकारी दिए।
बिचमा बनाइएको स्टेजमा राखिएको क्रसबार पोल हावाले लडाएपछि हाल उक्त क्रसबार पोललाई त्यहाँबाट हटाइएको छ।
प्रकाशित: ५ आश्विन २०८३, सोमबार