काठमाडौं ।
जिल्ला प्रशासन कार्यालय सिरहाले सार्वजनिक बिदा (शनिबार र आइतबार) पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा जारी राख्ने भएको छ।
कार्यालयले सूचना जारी गरी सेवाग्राहीको सङ्ख्या बढ्दै गएको जनाउँदै आगामी साउन ७ गतेदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि सार्वजनिक बिदाको दिन शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन हुने जनाएको छ।
राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीको सङ्ख्या दैनिक बढ्दै गएको सन्दर्भमा सार्वजनिक बिदाका दिन बिहान १० बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन हुने सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा जारी सूचनामा उल्लेख छ।-रासस
प्रकाशित: ७ श्रावण २०८३, बिहीबार