काठमाडौं ।
सानिमा बैंकले नेपाल क्लियरिङ हाउससँग सहकार्य गर्दै भारत-नेपाल रियल टाईम पर्सन टू पर्सन अर्थात् पीटूपी भुक्तानी सेवा सुरु गरेको छ। यसले दुई देशबीच सुरक्षित, छिटो र कम लागतमा रकम पठाउन तथा प्राप्त गर्न सुविघा प्रदान गर्ने बैंकले जनाएको छ।
यस सेवामार्फत भारत तथा नेपालका प्रयोकर्ताले बैंक खाताको विवरण साझा नगरी भर्चुअल पेमेन्ट एड्रस ९भीपीए० तथा यूपीआई आईडी प्रयोग गरेर रकामान्तर गर्न सक्छन्।
नेपाली प्रयोकर्ताले भीपीए मार्फत रकम प्राप्त गर्न सक्नेछन् भने भारतीय प्रयोकर्ताले यूपीआई आईडी प्रयोग गरी भारत-नेपालमा रकम पठाउन तथा प्राप्त गर्न सक्नेछन् । यसले सीमा पार भुक्तानी प्रक्रियालाई अझ सरल , सुरक्षित र सहज बनाएको छ ।
यो सुविधा विधार्थी , पेशागत व्यक्तिहरु, यात्रु तथा भारत-नेपाल आवागमनमा निर्भर परिवारहरुका लागि आधुनिक र प्रभावकारी विकल्पका रुपमा उपयोगी हुनेछ ।
सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय तथा १२७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।
प्रकाशित: २० असार २०८३, शनिबार