काठमाडौं ।
चलचित्र विकास बोर्डले आफ्नो २६औं वार्षिकोत्सवका अवसरमा आधिकारिक मोबाइल एप ‘सिनेपा’ सार्वजनिक गरेको छ। एपमार्फत दैनिक बक्स अफिस कलेक्सन, बोर्डका गतिविधि, कलाकारको विवरण तथा विदेशी चलचित्रको तथ्यांक हेर्न सकिनेछ।
यस एपमार्फत प्रयोगकर्ताले चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न महत्वपूर्ण जानकारीहरू सहजै प्राप्त गर्न सक्ने छन्। जसमा दैनिक बक्स अफिस कलेक्सन, बोर्डका गतिविधि तथा कार्यक्रमहरू, कलाकारहरूको आधिकारिक विवरण र नेपालमा छायांकन गरिएका विदेशी चलचित्रहरूको तथ्यांक समावेश गरिएको छ।

चलचित्र निर्माण, प्रदर्शन र वितरणसम्बन्धी इजाजत तथा सिफारिसका लागि अनलाइन आवेदनसहित ४३ प्रकारका सेवा पनि एपबाटै उपलब्ध हुनेछ।
प्रकाशित: १९ असार २०८३, शुक्रबार