काठमाडौं ।
टी–मोबाइलले अझै पनि आफ्नो टूजी नेटवर्क सञ्चालन गरिरहेको छ। म्यागेन्टा क्यारियरले अन्ततः अगस्ट ३ मा यो सेवासलाई बन्द गर्ने घोषणा गरेको छ।
टी–मोबाइल त्यसो गर्ने अन्तिम अमेरिकी क्यारियर हो भने एटीएण्डटीले २०१७ मा आफ्नो २जी नेटवर्क बन्द गर्दै पहिलो बनेको थियो र त्यसपिछ २०२० मा भेरिजोनले आफ्नो २जी नेटवर्क बन्द गरेको थियो।
टी–मोबाइलले “ग्राहकहरू र साझेदारहरूलाई लेगेसी डिभाइसहरू स्थानान्तरण गर्न थप समय दिनको लागि २जीमा अडिग रहेको थियो। अन्य क्यारियरहरूले पहिले नै आफ्नो जीएसएम नेटवर्कहरू बन्द गरे तापनि टी–मोबाइलले ग्राहकहरू नयाँ प्रविधिहरूमा ट्रन्जिसन हुँदा समर्थन कायम राखेर त्यो खाडल भर्न मद्दत गरेको थियो” टी–मोबाइलका प्रवक्ताले उल्लेख गरे।
अर्को कारण भनेको अन्तर्राष्ट्रिय रोमिङसँग सम्बन्धित रहेको र विशेष गरी अमेरिका आउने ग्राहकहरूको निश्चित प्रतिशतसँग भीओएलटीई सक्षम नभएको हुनाले २जी नेटवर्कमा सञ्चालित सर्किट स्विच गरिएको भ्वाइस कलहरूमा भर परेको तथ्यको उल्लेख गरिएको छ।
टी–मोबाइलले विगत साढे दुई वर्षदेखि यो मुद्दामा विश्वव्यापी रूपमा आफ्ना रोमिङ साझेदारहरूसँग काम गरिरहेको र उनीहरू अब “भ्वाइस वा डाटाको दृष्टिकोणबाट कसैले पनि कुनै पनि प्रकारको सेवा गुमाउने नपर्ने” बिन्दुमा पुगेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
त्यसैले अब अन्ततः टूजी नेटवर्क बन्द गर्ने सही समय आएको उल्लेख गरिएको छ। टी–मोबाइलले २०२२ मा आफ्नो ३जी नेटवर्कलाई बन्द गरेको थियो र २०२० मा स्प्रिन्ट प्राप्त गरेपछि सोही वर्ष स्प्रिन्टको एलटीई नेटवर्क पनि बन्द गरेको थियो।
प्रकाशित: १९ असार २०८३, शुक्रबार