च्याटजीपीटी अब भाइबरमा उपलब्ध

  • Technology Khabar | १५ असार २०८३, सोमबार
च्याटजीपीटी अब भाइबरमा उपलब्ध
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

राकुटेन भाइबर र ओपनएआई बीचको नयाँ साझेदारीसँगै अब केही देशहरूमा भाइबर एपका प्रयोगकर्ताहरूले अब च्याटजीपीटी आर्टिफिसियल इन्टेलिजेन्स सेवाहरू प्रयोग गर्न सक्ने भएका छन्।

यो सहकार्यले प्रयोगकर्ताहरूलाई अन्य पृष्ठहरू वा छुट्टै एप्लिकेसनहरू नखोलीकन, एप्लिकेसन भित्र सिधै आर्टिफिसियल इन्टेलिजेन्स एसिस्टेन्ट पहुँच गर्न अनुमति दिने टेलिग्राफले रिपोर्ट गरेको छ।

च्याटजीपीटी अब भाइबरमा छुट्टै सम्पर्कको रूपमा उपलब्ध भएको र प्रयोगकर्ताहरूले प्रश्नहरू सोध्न, विचारहरू अनुरोध गर्न, अनुवाद गर्न, लेखनमा मद्दत गर्न वा विभिन्न जानकारी अनुरोध गर्न सक्नेछन्।

व्यक्तिगत कुराकानीहरूको अतिरिक्त, भाइबर समूहहरूमा पनि आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गर्न सकिने बताइएको छ।

प्रयोगकर्ताहरूले “@” संकेत प्रयोग गरेर र एसिस्टेन्ट चयन गरेर कुराकानी भित्र च्याटजीपीटी लाई आह्वान गर्न सक्नेछन्।

नयाँ सुविधाहरू मध्ये एक “ईमेज रिमिक्स” फङ्सन मार्फत तस्बिरहरू सम्पादन गर्ने क्षमताले तस्बिरको शैली परिवर्तन गर्न वा नयाँ तत्वहरू थप्न अनुमति दिनेछ।

त्यसैगरी यो एकीकरणले लामो कुराकानीहरूको सारांश, कागजातहरू र लिङ्कहरूको विश्लेषण र सन्देशहरू पठाउनु अघि सच्याउने वा अनुवाद गर्ने जस्ता अन्य व्यावहारिक फङ्गसनहरू पनि प्रस्तुत गरेको उल्लेख गरिएको छ।

संलग्न कम्पनीहरूका अनुसार, आर्टिफिसियल इन्टेलिजेन्सलाई थप पहुँचयोग्य र दैनिक सञ्चारको हिस्सा बनाउनु यो सहकार्यको लक्ष्य भएको बताइएको छ।

यो सेवा एन्ड्रोइड र आईओएस डिभाइसहरूका प्रयोगकर्ताहरूका लागि उपलब्ध गराइएको छ भने नयाँ सुविधाहरू पहुँच गर्न भाइबर एप्लिकेसन अपडेट गर्नुपछ।

प्रकाशित: १५ असार २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...