ह्वावेले आफ्नो डिभाइसहरुको लागि नयाँ अपरेटिंग सिस्टम ल्याउँदै, यहि अगस्टमा आउने

  • Technology Khabar | २६ जेष्ठ २०७६, आईतवार
ह्वावेले आफ्नो डिभाइसहरुको लागि नयाँ अपरेटिंग सिस्टम ल्याउँदै, यहि अगस्टमा आउने
नेपालमा ह्वावे पी ३० प्रो लन्च गर्दै । फाईल

काठमाडौं ।

काठमाडौं । अमेरिकासँगको समस्यापछि ह्वावेले आफ्नै अपरेटिंग सिस्टम ल्याउने तयारी गरेको छ । अमेरिकाले लगाएको व्यवसायीक प्रतिबन्धपछि कम्पनीले यहि अगस्टमहिनामा नयाँ अपरेटिंग सिस्टम लन्च गर्ने तयारी गरेको छ ।

कम्पनीले चीनमा होंगमेंग ओएसको नाममा नयाँ अपरेटिंग सिस्टम ल्याउनेछ भने अन्य देशहरुका लागि भने ओएक नाममा लन्च गर्ने तयारी गरेको रिपोर्ट आएको छ । कम्पनीले सन् २०१९ को तेस्रो चौमासिकभित्रै नयाँ ओएस ल्याउने भएको हो । हाल सो ओएस परीक्षणको क्रममा रहेको बताईएको छ ।

ह्वावेका कन्जुमर बिजनेस सिईओ रिचार्ड यूले कम्पनीले नयाँ अपरेटिंग सिस्टम ल्याउन लागेको पुष्टि गरेका छन् ।

यसअघि ह्वावेले यूरोपियन यूनियन इन्टेलेक्चुअल प्रोपर्टिमा ह्वावे आर्क ओएस, ह्वावे आर्क, आर्क आर्क ओएस नाममा ट्रेडमार्कको लागि आवेदन दर्ता गरेको थियो । अब भने कम्पनीले आफ्नो देश र अन्य बजारको लागि छुट्टा छुट्टै मार्केट सेगमेन्ट गर्ने तयारीमा रहेको देखिएको छ ।

यसअघि गूगलले अमेरिकी सरकारसँग ह्वावे डिभाइसहरुमा रोक लगाउँदा सेक्यूरिटी रिस्क हुने रिपोर्ट गरेको थियो । गूगलले ह्वावे डिभाइसहरुले नयाँ अपडेट नपाउँदा त्यसले झनै जोखिम बढाउने उल्लेख गरेको थियो । यसअघि गूगलले अमेरिकी प्रतिबन्धको पालना गर्दै नयाँ डिभाइसहरुमा एन्ड्रोयड सिस्टम सिमितरुमा प्रयोग गर्न नपाईने बताएको थियो ।

एजेन्सी

प्रकाशित: २६ जेष्ठ २०७६, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...