अनरको म्याजिक८ प्रो, अनर एक्स८डी र अनर प्याड एक्स८बी नेपाली बजारमा

  • Technology Khabar | २६ चैत्र २०८२, बिहीबार
अनरको म्याजिक८ प्रो, अनर एक्स८डी र अनर प्याड एक्स८बी नेपाली बजारमा

काठमाडौं ।

अनरले बुधबार ‘अनर म्याजिक अफ ८’ कार्यक्रममार्फत् नेपाली बजारको लागि एक जोडी नयाँ स्मार्टफोनहरूको साथमा एउट ट्याब्लेट सार्वजनिक गरेको छ।

सार्वजनिक गरिएका डिभाइसहरुमा अनर म्याजिक ८ प्रो, अनर एक्स८डी र अनर प्याड एक्स ८बी रहेका छन् र उक्त डिभाइसहरु अब नेपालभरका आधिकारिक अनर स्टोरहरूमा उपलब्ध हुने बताइएको छ।

अनर म्याजिक८ प्रोः
स्न्यापड्रागन ८ एलिट जेन ५ प्रोसेसर समावेश गरिएको अनर म्याजिक८ प्रोमा एआई स्क्रिन सजेसन्स, एआई फोटो एजेन्ट र एआई सेफ्टी इन्हान्समेन्ट्स जस्ता उन्नत अनर एआई सुविधाहरू रहेका छन्।

अनर म्याजिक८ प्रोमा एफ/२.६ एपर्चर लेन्सको साथ १/१.४–इन्च सेन्सर प्रयोग गर्ने २०० मेगापिक्सेल टेलिफोटो युनिटको साथ ट्रिपल रियर क्यामरा सेटअप रहेको छ। यो क्यामराले ३.७× अप्टिकल जुम र ओआईएसलाई समर्थन गर्दछ। साथै १/१.३–इन्च सेन्सर, एफ/१.६ एपर्चर र ओआईएस सहितको ५० मेगापिक्सेल प्राथमिक क्यामरा पनि रहेको छ। क्यामरा सेटअपमा रहेको अर्को ५० मेगापिक्सेलको अल्ट्रावाइड क्यामराले १२२ डिग्री एफओभी प्रदान गर्दछ।

फोनमा १२०हर्ज रिफ्रेस रेट, १२५६ × २८०८ पिक्सेल रिजोल्युसन र ६,००० निट्स पीक ब्राइटनेसको साथ ६.७१–इन्चको ओएलईडी एलटीपीओ डिस्प्ले समावेश गरिएको छ। साथै फेस अनलकको लागि ५० मेगापिक्सेलको फ्रन्ट क्यामरा र थ्रीडी डेप्थ क्यामरा पनि समावेश गरिएको छ। अनरले थ्रीडी अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानर पनि समावेश गरेको छ। साथै डिभाइसमा ७,१००एमएएचको ठूलो ब्याट्री समावेश गरिएको छ।

म्याजिक८ प्रोले आईपी६८/६९/६९के रेटिङ्ग प्रदान गरिएको छ। यो डिभाइस ८.४ एमएम बाक्लो र तौल २१३ ग्राम रहेको छ।

कम्पनीका अनुसार अनर म्याजिक८ प्रोको प्रि–बुकिङ मूल्य १ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ। सीमित समयका लागि ग्राहकहरूले ३० हजार मूल्य बराबरको अनर प्याड एक्स८बी निःशुल्क प्राप्त गर्नेछन्।
अनर एक्स८डीः
अल्ट्रा–स्लिम डिजाइनसहितको अनर एक्स८डीमा ४५ वाट फास्ट चार्जिङ सर्मथन गर्ने ७००० एमएएचको ठूलो ब्याट्री रहेको छ। डिभाइसमा स्मार्ट एआई बटन उपलब्ध गराइएको छ। उक्त बटनले एआई समरी, सर्कल टु सर्च, एआई सुपर जुम, एआई इन्हान्स्ड जुम र एआई इरेजर जस्ता सुविधाहरूमा तुरुन्त पहुँच प्रदान गर्दछ।

एक्स८डी मा १०८ मेगापिक्सेलको क्यामरा समावेश गरिएको छ। साथै डिभाइसलाई २ मिटर ड्रप रेसिस्टेन्स र आईपी६५के वाटर रेसिस्टेन्स रेटिङ्ग पनि प्रदान गरिएको छ।

अनर एक्स८डी ८जीबी/१२८ जीबी (३९,९९९ रुपैयाँ) र ८जीबी/२५६ जीबी (४३,९९९ रुपैयाँ) गरी दुई भेरियन्टमा उपलब्ध छ। साथै लन्चको अवसरमा सीमित समयका लागि प्रत्येक खरिदमा ३,९९९ रुपैयाँ मूल्य बराबरको अनर च्वाइस इयरबड्स एक्स७ई एक्टिभ निःशुल्क प्रदान गरिनेछ।
अनर प्याड एक्स८बीः
अनर प्याड एक्स८बी ट्याब्लेटमा ९०हर्ज रिफ्रेस रेट सहितको ११ इन्चको १९२०×१२०० आईपीएस एलसीडी स्क्रिन, ५ मेगापिक्सेलको रियर क्यामरा, ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा र १०,१०० एमएएच ब्याट्री समावेश गरिएको छ। स्न्यापड्रागन ६८० एसओसीद्वारा सञ्चालित अनर प्याड एक्स८बी ट्याब्लेटमा ४जीबी र्याम र १२८जीबी स्टोरेज रहेको छ।

७.२५एमएम पातलो र ४९६ ग्राम तौल भएको ट्याब्लेटले म्याजिकओएस १० सहित एन्ड्रोइड १६ चलाउँछ। अनर प्याड एक्स८बी ट्याब्लेटको मूल्य ३० हजार रुपैयाँ रहेको छ।

प्रकाशित: २६ चैत्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार