
काठमाडौं ।
चालु आर्थिक वर्षको आठौं महिना फागुन मसान्तसम्म नेपालमा क्यूआर कोड मार्फत हुने कारोबार सङ्ख्या र रकम दुवै उल्लेख्य बढेको छ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार क्यूआर कोड मार्फत हुने कारोबार सङ्ख्या र रककमा उल्लेख्य बढोत्तरी भएको पाइएको हो।
मंसिरबाट पुसमा जाँदा क्यूआरमार्फत् हुने कारोबार रकम ११ अर्ब ३८ करोड ९० लाखले बढेर समग्रमा १ खर्ब २९ अर्ब १८ करोड १० लाख पुगेको थियो।
यसैगरी पुसबाट माघ मसान्तसम्मको एक महिनाको अवधिमा उक्त रकम ३ अर्ब ९६ करोड ९० लाखले बढेर समग्रमा १ खर्ब २५ अर्ब २१ करोड १० लाखमा झरेको थियो।
माघ मसान्तबाट फागुन मसान्तसम्मको एक महिनाको अवधिमा यो आँकडा ७० करोड ३० लाख बढेर समग्रमा १ खर्ब २५ अर्ब ९१ करोड ५० लाख रुपैयाँमा पुगेको छ।
यसैगरी कारोबार सङ्ख्या मंसिरबाट पुसमा जाँदा ५१ लाख ८० हजार ५२ ले बढेर ४ करोड ७३ लाख ३६ हजार २७३ पुगेको थियो।
यसैगरी पुस मसान्तबाट माघ मसान्तसम्मको एक महिनाको अवधिमा भने ११ लाख ०१ हजार ७३५ ले घटेर ४ करोड ६२ लाख ३४ हजार ५४१ मा आइपुगेको थियो।
माघ मसान्तबाट फागुन मसान्तसम्मको एक महिनाको अवधिमा यो आँकडा २७ लाख ९२ हजार ६८७ ले बढेर समग्रमा ४ करोड ९० लाख २७ करोड २२८ मा पुगेको छ।
प्रकाशित: २५ चैत्र २०८२, बुधबार