
काठमाडौं ।
भोल्भोले आफ्नो पहिलो पूर्ण विद्युतीय व्यावसायिक सवारी साधनको रुपमा ईएक्स३० कार्गो अनावरण गरेको छ। ईएक्स३० कार्गो यावसायिक प्रयोगकर्ताहरू र फ्लीटहरूलाई लक्षित गरिएको छ।
ईएक्स३० कम्प्याक्ट इलेक्ट्रिक एसयूभीमा आधारित रहेको यो नयाँ विद्युतीय सवारी साधन हाईयर ग्राउन्ड क्लियरेन्स सहितको क्रस कन्ट्री र स्ट्यण्डर्ड दुई संस्करणहरूमा उपलब्ध हुने टेलीग्राफले रिपोर्ट गरेको छ।
कार्गो क्षमता बढाउनका पछाडिका सिटहरू हटाइएको छ भने फ्ल्याट स्पेस (समतल ठाउँ) ले १,००० लिटरको कार्गो क्षमता र ३९० किलोग्रामसम्म कार्गो बोक्ने क्षमता प्रदान गर्दछ।
क्याब र कार्गो क्षेत्र बीचको डिभाइडर र वर्क लाइट (बत्ती) हरूले प्रयोगकर्ताको लागि अपिटमल कम्फर्ट (आराम) र भिजिबिलिटी सुनिश्चित गर्दछ।
भोल्भो ईएक्स३० कार्गो ‘पी३ – १५० हर्सपावर’, ‘पी५ – २७२ हर्सपावर र विस्तारित रेञ्ज’ का साथै ‘फोर–ह्विल ड्राइभ सहितको पी८ – ४२८ हर्सपावर’ गरी तीन इन्जिन संस्करणहरूमा आउने बताइएको छ।
स्ट्याण्डर्ड गुगल अटोमोटिभ, एडाप्टिभ क्रूज, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटोका साथै हिट पम्प सहितको ११ किलोवाट चार्जर गरेर कारले कोर र प्लसगरी दुईओटा इक्विपमेण्ट लेभल्सहरू प्रदान गर्दछ।
ईएक्स३० कार्गो अब ब्रिटिश बजारको लागि फ्लीट बिक्री च्यानलहरू मार्फत उपलब्ध छ भने यो विद्युतीय कारको सुरुवाती मूल्य ३६,०१० पाउन्ड स्टर्लिंग (लगभग ४१,६०० यूरो) रहेको छ।
यो कदमसँगै, भोल्भोले प्रदर्शन, व्यावहारिकता र दिगोपनलाई संयोजन गर्दै व्यावसायिक विद्युतीय सवारी साधन बजारमा आफ्नो उपस्थितिलाई बलियो बनाउने लक्ष्य राखेको छ।
प्रकाशित: १६ चैत्र २०८२, सोमबार